१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

गृहमन्त्रीको आदेशमा चिकित्सकमाथि भएको दुर्व्यवहार निन्दनीय छ : संघ

नेपाल चिकित्सक संघले ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीमाथि गृहमन्त्रीको आदेशमा भएको दुर्व्यवहारप्रति भर्त्सना व्यक्त गरेको छ ।

सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन्।

जानकारी विना क्यानडा जान लागेकोले उपकुलपतिलाई फिर्ता : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी नगराएकोले फर्काउनु परेको बताएका छन्।

डा. केसीको अनशन व्यक्तिगत : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीको अनशन व्यक्तिगत भएको बताएका छन्।

राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ: जनतालाई सजिलो होस् भनेर नै निषेधाज्ञा

गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको बताएका छन्।

गृहमन्त्रीले भने ‘मलाई त्यही केटी चाहिन्छ जस्तो हठ नगरौ’

गृहमन्त्री रामबहादुर थापाले माइतीघरमै प्रदर्शन गर्न पाउनुपर्छ भन्ने कुरा ‘मलाई त्यही केटी चाहिन्छ भने जस्तो’ भएको बताएका छन्।बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले जनताको सुरक्षा र अधिकारका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताए।

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसार पसार विरुद्ध दलहरुको संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन्।

गृहमन्त्रीको नजर क्रसर र किसानलाई भुक्तानी नदिने चिनी मिलमा

कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ। आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले बताएको छ।

गृहमन्त्री थापा र राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार नयाँ बानेश्वरमा भएको गोलाप्रथाबाट थापाको कार्यकाल ६ वर्षको हुने टुंगो लागेको छ ।

विद्युत् चोरी नियन्त्रण गर्न गृहमन्त्री र उर्जामन्त्री एकजुट, विशेष अभियान चलाइने

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो।

अब गृहमन्त्रीको नजर एनजिओ र आईएनजिओको बेथितिमा

राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरिने भएको छ।

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन्।

ठूला माछा हात पर्नै लागे :गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निगरानीमा रहेको बताएका हुन् ।

काम नगर्ने नेता ठेकेदार भएपनि कारवाही गर्छुः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने जोसुकै ठेकेदार भएपनि कारवाही गरिने बताएका छन्।

आन्तरिक सुरक्षामा तीन चुनौती : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आन्तरिक सुरक्षा चुनौतीका लागि ३ वटा समूह रहेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्