हत्या आरोपी ५ जना पुर्पक्षका लागि थुनामा
एक महिना अघि शकास्पद मृत्यु भएकी लुम्बिनीकी तारा बरइको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका परिवारका ५ जनालाइ जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको छ।
एक महिना अघि शकास्पद मृत्यु भएकी लुम्बिनीकी तारा बरइको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका परिवारका ५ जनालाइ जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको छ।
अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाईएको छ। पक्राउ परेका रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ प्रदिपनगरका ३१ वर्षीय विजय गुरुङ, प्रदिपनगरकै २७ वर्षीय मिनप्रसाद रिजाल र भरतपुर महानगरपालिका वडा नम्बर १६ का २३ वर्षीय सुनिल अधिकारीलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका हो।
गोरखाको फुजेलकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्चमा हाँजिर भएर मुद्दा पुर्वपक्षका लागि निवेदन दिएका छन्। अदालतमा हाँजिर भएका उनलाई डिल्लिबजार कारागार चलान गरिएको छ।
रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
अवैध सुन ओसार पसारमा संलग्न रहेका कार्साङ दावा तामाङलाई जिल्ला अदालत रसुवाले पुर्पक्षका लागि थुनामा पठाएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय तामाङलाई रसुवा कारागार चलान गरिएको हो।
सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायधीश नारायण शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।
काठमाडौं जिल्ला अदालतले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंले मिलेमतोमा मिटर उल्टो घुमाएर नेपाल विद्युत् प्राधिकरणलाई नोक्सानी पुर्याएको भन्दै चार कर्मचारी र एक व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
भक्तपुर जिल्ला अदालतले मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित पक्राउ परेकामध्ये दसजनालाई पुर्पक्षका लागि थुनामा राख्न र चारजनालाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको छ।
सर्लाही– सर्लाहीको बत्रौलमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेर ६ वर्षअघि जिल्ला सरकारी वकिल कार्यालयबाट हाजरी जवानीमा छुटेका अभियुक्तलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।