१० मंसिर २०८१ सोमबार
image/svg+xml

खाल्डोमा डुबेर एक बालकको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खेल्दाखेल्दै उनी घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए ।

चोयाका सामान विक्री हुने आशमा डोम जाति

तिहार र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिमा आफ्नो व्यावसाय फष्टाउने आशले खुशी छाएको छ।  मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट त्यस्ता सामान बेच्ने पुख्र्यौली व्यवसाय अंगाल्दै आएका डोम बासी खुशी भएका हुन्।

खाल्डोमा जमेको पानीमा डुबेर बाललको मृत्यु

झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।

खाल्डोमा डुवेर चार बालिकाको मृत्यु भएको घटना छनविन सुरु

रौतहटको गरुडामा शनिवार सडक किनारको खाल्टोमा डुबेर मृत्यु भएका चार बालिकाको घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली घटनास्थलको निरीक्षण गरेको छ।

खाल्डोमा डुबेर चार बालिकाको मृत्यु, सडक डिभिजन र ठेकेदार 'दोषी'

छिमेकी रामएकबाल साहको घरमा भैंसी ब्याएपछि गरुडा नगरपालिका–४, गरुडा टोलका योगेन्द्र साहकी छोरी सुनैनाकुमारी (९) दौडेर त्यता गइन्। उनका साथीहरू सुनिताकुमारी (९) र संगीता (१२) भैंसीलाई घाँस काट्न जाने तयारीमा थिए। सुनिताकुमारी र संगीता रामएकबालका छोरीहरू हुन्।

सडकको खाल्डोमा डुबेर ४ बालिकाको मृत्यु

रौतहटमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।

श्रेष्ठ र मगरलाई जुडोमा कांस्य

नेपाली खेलाडी इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले थाइल्यान्डमा जारी इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।

रोनाल्डोमाथि कर छलीको मुद्दा

रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि १ करोड ४७ लाख युरो कर छलेको आरोपमा मंगलबार मुद्दा दायर गरिएको छ।

डोम समुदायका युवक सरकारी सेवामा

अतिपिछडिएको डोम समुदायका एक युवक हालै लोकसेवा आयोगबाट सरकारी जागिरमा सिफारिस भएका छन्। रौतहटको मिठुअवा–७ का विजय मल्ली डोम समुदायबाट लोकसेवा परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्ने पहिलो युवक बनेको दाबी रौतहटस्थित डोम समुदाय विकास केन्द्रले गरेको छ।

ट्रम्पका तेल व्यापारी विदेशमन्त्रीविरुद्ध डोमोक्याटको मतदान

तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ। टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुन्।

जाडोमा गर्न नहुने आठ काम

जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी खाने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी खाएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा शरीर डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

डोमको पढ्ने अधिकार

सप्तरी सदरमुकाम राजविराज प्रवेश गर्नुपूर्व सडक पश्चिमपट्टि निम्न माध्यमिक विद्यालय गदिया मदेठ ३ छ । र, विद्यालयसँगै जोडिएको छ डोम बस्ती । गत मंगलबार १०ः१५ बजे यो पक्तिकार विद्यालय पुग्दा उक्त डोम बस्तीका एक जना पनि डोम बालबालिका विद्यालयमा उपस्थित थिएनन् जबकि नाम भने ६ जनाले लेखाएका थिए ।

फाल्डोमा शुक्रबहादुर च्याम्पियन

शुक्रबहादुर राईले बिहीबार इभन पार ७२ स्कोर गर्दै फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्। उनको कुल स्कोर १ अन्डर २ सय १५ थियो। १७ देखि २१ वर्षको उमेर समूहमा शुक्रबहादुरले सहजै उपाधि जित्दा बिहीबार अन्तिम दिन २ ओभर खेलेका युवराज भुजेल (२३२) उपविजेता भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्