१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पका तेल व्यापारी विदेशमन्त्रीविरुद्ध डोमोक्याटको मतदान

वासिङ्गटन—तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ। टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले ६४ बर्षीय टिलरसन नयाँ विदेशमन्त्रीमा अनुमोदित भएपछि अब ताजा विदेश नीति अपनाइने उल्लेख गरेका छन्। 

विगतमा कुनै पनि सार्वजनिक पदधारण नगरेका टिलरसनलाई रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना रहँदै आएको छ। 
 

विगतमा कुनै पनि सार्वजनिक पदधारण नगरेका टिलरसनलाई रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना रहँदै आएको छ। 

विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसँग अर्बौं डलर बराबरको व्यापारिक सम्झौता गरेका थिए। 

अमेरिकी सिनेटमा टिलरसनलाई अनुमोदनको लागि भएको मतदानमा रिपब्लिकनहरुले उनको समर्थन गरेका थिए भने, अधिकांस डेमोक्र्याटले विरोध गरेका थिए । 
सिनेटमा ५६ भोट उनको पक्षमा परेको थियो भने ४३ भोट उनको विपक्षमा परेको थियो। एएफपी

प्रकाशित: २० माघ २०७३ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App