राष्ट्रपतिसँग निर्वाचन आयोगका पदाधिकारी भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवन शीतलनिवासमा निर्वाचन आयोगका पदाधिकारीले भेट गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवन शीतलनिवासमा निर्वाचन आयोगका पदाधिकारीले भेट गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ।
राष्ट्रपति विद्या देवी भण्डारीले देशको अर्थतन्त्र मजवुद वनाउनको लागि कर्णालीलाई प्रथामिकतामा राख्नु पर्ने वताएकी छिन।
राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला भ्रमणमा आउने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बुधबार बिहानदेखि ठप्प जुम्ला बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । राष्ट्पति भण्डारीले सदरमुकाम खलंगामा रहेको एकतले चन्दननाथ माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालाको उद्घाटन कार्यक्रममा सहभागि हुन जुग्ला आउन लागेकी हुन् ।
कर्णालीकै पहिलो विद्यालय चन्ददनाथ माध्यमिक विद्यालयको विज्ञान ल्याब उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) आउने भएपछि कर्णालीको सदरमुकाम जुम्ला खलंगाका सडक टाल्ने कामले तीव्रता पाएको छ । विकासका लागि आएको वजेट सदुपयोग नहुँदा सदरमुकामको सडकमा खाल्डैखाल्डा परेका थिए । सवारी आवागमनमा समस्या हुँदै आएकोमा राष्ट्रपति आउने भनेपछि यहाँका सरोकारवाला निकाय सडकका खाल्डाखुल्डी र फोहोर लुकाउनमा व्यस्त छन् ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयले खानेपानी महसुल नबुझाउँदा बक्यौता बढेको हो । अति विशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी)का कार्यालय मात्र होइन, विभिन्न सरकारी निकाय एवं संस्थानले समेत खानेपानीको महसुल तिरेका छैनन् ।
व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आज पारित भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधिन मैलुङ–स्याफ्रुबेशीँ सडकको हेलीकप्टरबाट अवलोकन गरेकी छिन् । शुक्रबार नेपाली सेनाको हेलीकप्टर मार्फत रसुवा आएकी उनले नेपाल चीन जोड्ने सडकको अवलोकन गरेकी हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता प्रयास समयको बर्बादीमात्रै भएको बताएका छन्। अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियासँग थालेको वार्ता प्रयास अर्थहीन रहेको ट्रम्पको दाबी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकी छन्।
विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिलाई टीक लगाइदिने भएकी छन्।
राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्दा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा वर्तमान र पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई अदालतमा कुनै मुद्दा चलाउन नपाउने व्यवस्था राखिएको छ ।
सरकारले संघीय संसद र प्रदेश सभा गठन भएको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान राखेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।