३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दुध बिक्रीबाट एक वर्षमा ३८ करोड आम्दानी

मकवानपुर जिल्लामा दुध उत्पादन बिक्रीबाट एक वर्षमा करिब ३८ करोड रुपियाँ आम्दानी भएको छ। आर्थिक वर्ष २०७३/७४ मा मकवानपुरका ५५ वटा दुग्ध उत्पादक सहकारीबाट संकलित दैनिक औसत २० हजार लिटर दुध बिक्री गरी उक्त रकम आम्दानी भएको हो।

दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

म्याद नाघेको पाँच वर्षपछि दुधकोशीकाे पुल ढलान

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए ।

दुधकौशिकाको नाम थुलुङ दुधकोशी

सोलुखुम्बुको दुधकौशिका गाउँपालिकाको नाम थुलुङ दुधकोशी गाउँपालिका राखिने भएको छ । संसोधन गरिएको नाम कार्यपालिकाको बैठकले पारित समेत गरेको छ।

आशा जगाउँदै दुधकोसी पुल

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोसीमा निर्माणाधिन पक्की पुलको स्टील ट्रस जडानका काम पूरा भएको छ । लामो समयसम्म पुलको पिलर मात्र ठडिएको ठाउँमा पुलको स्टील ट्रस जडानका काम सकेर ढलानको तयारी भएपछि जिल्लाको संवृद्धिको बाटो खुल्नेमा स्थानीय आशावादी देखिन थालेका छन् ।

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापारमा व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ।

दुधमा पूर्वाञ्चल आत्मनिर्भर, उत्पादनमा मोरङ अगाडि

पूर्वाञ्चलका १६ जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी दुध उत्पादन भएको छ। आर्थिक वर्ष ०७२/७३मा मोरङमा १ लाख ४७ हजार ३ सय १ मेट्रिकटन दुध उत्पादन भएको क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरले जनाएको छ ।

बाह्रै महिना दुधालु भैंसी !

सामान्यतः एउटा भैंसीले ब्याएको निश्चित अवधिसम्म दूध दिन्छ र थाक्छ तर दिक्तेल–३ का छविलाल आचार्यको भैंसीले बा¥है महिना दूध दिन्छ ।

सर्पको टोकाइवाट दुधे बालकको मृत्यु

रौतहट- विषलु सर्पको टोकाईवाट रौतहटमा एकजना दुधे वालकको ज्यान गएको छ। रौतहटको करुनिया गाविस ७ लक्ष्मिनीयाटोलका अब्दुल बारीकको छ महिनाको छोरा अब्दुल रहमानको विषालु सर्प करैतको टोकाइवाट ज्यान गएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्