९ मंसिर २०८१ आइतबार
image/svg+xml

मन्दिरअघि फोहोर थुप्रिँदा दर्शनार्थीलाई सास्ती

गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारास्थित मन्दिरअघि फोहोर थुप्रिएको साताभन्दा बढी भइसक्यो। तर, यसको व्यवस्थापनमा सरोकारवाला निकायले चासो दिएको छैन। जसका कारण मन्दिर दर्शन गर्न आउनेहरू नाक थुनेर हिँड्न बाध्य छन्।

गोकर्णेश्वरमा बाटो मिचिएका उजुरी बढी काष्ठमण्डप

गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा बाटो मिचिएको तथा साँध सीमाना विवादका उजुरी बढी परेका छन्।

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन्। यस अवसरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ।

जोरपाटी चोकमा आकाशे पुल निर्माण

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमा आकाशे पुल निर्माण गर्ने भएको छ। सर्वसाधारणलाई सहज बनाउनको लागि नगरपालिकाले यसै वर्ष पुल निर्माण गर्न लागेको हो। नगरपालिकाले यसको लागि आर्थिक वर्ष २०७६/०७७ को वार्षिक योजना तथा कार्यक्रमबाट पारित समेत गरेको छ।

गोकर्णेश्वरको पुनर्निर्माणमा सहयोग गर्नेलाई अभिनन्दन

प्राचीन गोकर्णेश्वर महादेव मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन गरी पुनर्निर्माण अभियानमा सहयोग गर्ने नारायणटारका उत्तमकुमार थापालाई अभिनन्दन गरिएको छ। गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिले शनिबार एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा थापालाई अभिनन्दन पत्र प्रदान गरेको हो।

गोकर्णेश्वर महादेव मन्दिरमा ताम्रपत्रमा स्वर्णलेपन गरिँदै

गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगिण विकास समन्वय समितिले प्राचीन गोकर्णेश्वर महादेव मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपनको काम ५० प्रतिशत सम्पन्न गरेको छ। पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने र लेपनबाट खिया नलाग्ने भएकाले छाना ताम्रपत्रमा स्वर्णलेपन पुनःनिर्माण औपचारिक रूपले गत मंसिरबाट सुरु भएको थियो।

गोकर्णेश्वरको पदयात्रा अभियान

गोकर्णेश्वर नगरपालिका– ९ ले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्ने उदेश्यले शनिबार आरुबारीदेखि शिवपुरी बागद्वारसम्मको पदयात्रा कार्यक्रम सम्पन्न गरे। शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको बागमतीनदीको उद्गम बागद्वारमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्दछ।

सहिद पार्क अलपत्र

ठेकेदारको चरम लापरवाहीले राष्ट्रिय शहिद तथा शान्ति पार्क अलपत्र परेको छ। गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल डाँडामा ६ सय ५० रोपनीमा पार्क फैलिएको छ। ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा पार्क अलपत्र परेको वडा नम्बर ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। ‘ठेकेदारले काम नगर्दा यो पार्क निर्माण भएको छैन,’ उनले भने, ‘ठेकेदारलाई बोलाएर छानविन गछौँ। त्यसपछि हामी निर्माणमा अगाडि बढ्छौँ।’

गोकर्णेश्वरको ट्रिटमेन्ट प्लान्ट अलपत्र

काठमाडौंको गोकर्णेश्वरमा ६ वर्षअघि सञ्चालन गरिएको फोहोर प्रसोधन ट्रिटमेन्ट प्लान्ट अलपत्र परेको छ । सञ्चालन हुन नसकेको ट्रिटमेन्ट प्लान्ट अलपत्र परेको हो।

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट

लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५–०७६मा पुरातत्व विभागले १ करोड बजेट विनियोजन गरेको छ।

गोकर्णेश्वरका स्थानीयलाई प्याकेजमा उद्यमशीलता

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतासाथ अघि सारेको बताएका छन् । गोकर्णेश्वर क्षेत्रका स्थानीय तथा सो क्षेत्रमा बसोबास गर्ने युवा र महिलाका लागि विशेष प्याकेजकै रुपमा ‘उद्यमशीलता कार्यक्रम’ ल्याएको उनको भनाइ छ।

गोकर्णेश्वरमा स्कूल बसले ठक्कर दिँदा २ वर्षे बालकको मृत्यु

गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरको पहिलो निर्णय, फोहर नगर आफैले उठाउने

गोकर्णेश्वर नगरपालिका नवनिर्बाचित मेयरले नगरपालिकाले नै फोहोर उठाउने पहिलो निर्णय गरेका छन्।

गोकर्णेश्वरमा काँग्रेसका सन्तोष चालिसे विजयी

काठमाडाँैको गोकर्णेश्वर नगरपालिकामा काँग्रेसका सन्तोष  चालिसेले  ९००९ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुण्यप्रसाद चौलागाईंले७५९५ मत प्राप्त गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्