जेसिकालाई दोहोरो उपाधि
झापाकी जेसिका गुरुङले इटहरीमा भएको सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जितेकी छन्।
झापाकी जेसिका गुरुङले इटहरीमा भएको सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जितेकी छन्।
झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार (आज) मनाङ मर्स्याङदी र नेपाल पुलीस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रिय खेलाडीले भरिभराउ विभागीय टोली एपिएफले लगातार चौथो पटक उपाधि जित्ने क्रममा मंगलबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चौथो केएनपी जापान महिला राष्ट्रिय भलिबलमा च्याम्पियन बनेको छ।
पाँचथरको कुम्मायक गाउँपालीमा स्थित यासोकमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कुम्मायक–कुसायक गोल्डकपको उपाधिका काठमाडौंका दुई क्लब सुन्धारा स्पोर्टिङ र चर्च ब्वाईज भिड्ने भएका छन्।
राष्ट्रिय पूर्वच्याम्पियन जितेन्द्र परियार र प्रेरणा कोइरालाले छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन्।
चैनपुरमा सम्पन्न एक नम्बर प्रदेश स्तरीय चैनपुर मेयर कप फुटबल प्रतियोगिताको उपाधि खाँदबारीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा पाँचखपनलाई १–० गोलले हराउँदै खाँदबारीले उपाधि जितेको हो ।
श्रीराम मगर र आइरा रावतको जोडीले बिहीबार छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सतर्फको उपाधि जितेका छन्।
मनोज लोथ्यालको उत्कृष्ट बलिङको मद्दतमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर २ लाई २४ रनले पराजित गर्दै बुधबार मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेटको उपाधि जितेको छ।
सिद्धार्थ केसी र अनिशा जिरेलले बुधबार नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन र पासाङ ल्यामु प्रतिष्ठिानले संयुत्त रुपमा आयोजना गरेको सुमन भोम्जन मेमोरियल स्पोर्ट क्लाइम्बिङ प्रतियोगिताको टप रोप कम्पिटिसनमा पुरुष र महिलातर्फको उपाधि जितेका छन्।
लियोनेल मेसीको ह्याट्रिक प्रेरित बार्सिलोना आइतबार डेपोंटिभो ला कोरुनामा ४–२ को नतिजामा विजयी भएपछि टोलीले चार खेल बाँकी रहँदै स्पेनिस ला लिगाको उपाधि जितेको छ।
पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि रुस्लान थ्री स्टार फुटबल क्लबले चुमेको छ। उपाधिका लागि प्रतिस्पर्धामा रहेको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै थ्री स्टार च्याम्पियन बनेको हो।
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सोमबार हुने फाइनलमा देशका फुटबल पर्याय लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन्।
सेभिल्लालाई ५–० ले स्तब्ध पार्दै बार्सिलोनाले याे सिजनकाे कोपा डेल रे फुटबलको उपाधि जितेको छ।