३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

शोकमा पनि धैर्य गुमाएनन् आर्चरले

एकदिवसीय विश्वकपको उपाधि जितेको इङ्ल्यान्ड टोली अहिले खुसीयाली मनाइरहेको छ। तर उक्त जितमा नायक बनेका जोफ्रा आर्चर भने भतिजको असामयिक निधनको शोकमा समेत विश्वकप अवधिभर इङ्ल्यान्ड टोलीमा उपलब्ध भएको खुलासा भएको छ।

सुपर ओभर चाहेका थिएनन् स्टोक्सले

न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा सनसनीपूर्ण जित निकाल्दै पहिलो पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि चुमेको इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आगामी दिनमा सुपर ओभर नचाहेको बताएका छन्।

मेयर कपको उपाधि रामेछापलाई

रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले हात पारेको छ।

सुपर ओभरबाट इङ्ल्यान्डलाई उपाधि

सुपर ओभरबाट सनसनीपूर्ण जितका साथ इङ्ल्यान्डले पहिलो पटक क्रिकेट विश्वकपको उपाधि भिœयाएको छ। न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले पनि निर्धारित ५० ओभरमा २ सय ४२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

विश्वकप क्रिकेटको ४४ वर्ष

इङ्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकपमा उपाधि भिडन्त गर्ने राष्ट्रको तय भइसकेको छ। यसपटकको विश्वकपमा साबिकको विजेता अस्ट्रेलिया र बलियो दाबेदार मानिएको भारतले सेमिफाइनलभन्दा माथिको यात्रा तयगर्न सकेनन्।

रनिङ शिल्ड उपाधि सिरानचोकलाई

गोरखामा भएको आठाैं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले उचालेको छ।

दुई पल्ट टस

एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीचको खेलअघि एक अनौठो दृश्य देखिएको थियो। खेल अगाडि ब्याटिङ र बलिङमध्ये एक चयन गर्नका दुई पटक टस गर्नुपरेको थियो। मलेसियाको किनरारा ओभल मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले क्वाइन फाल्दा क्वाइन भुइँमा गाडिएपछि हेड र टेल दुवै निर्धारण भएन।

नेपाललाई इस्टर्न रिजन क्रिकेट उपाधि

हङकङमाथि ६ विकेटको जित निकालेको नेपालले एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। उपाधिका साथ नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ। अब नेपालले अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कप खेल्नेछ। यसअघि भएको २०१७ को संस्करण पनि नेपालले फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै जितेको थियो।

अमेरिकाद्वारा उपाधिरक्षा

अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो।

ब्राजिललाई कोपा अमेरिकाको उपाधि

अन्तिम २० मिनेट दश खेलाडीमा सीमित बनेको आयोजक ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै आइतबार कोपा अमेरिकाको उपाधि उचालेको छ। मारकाना स्टेडियममा आइतबार भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै जित सुनिश्चित गरेको थियो। सेमिफाइनलमा उपाधि दाबेदाबर मानिएको टोली अर्जेन्टिनालाई हराउँदै उपाधिनजिक पुगेको ब्राजिलको जितमा एभर्टन, ग्याब्रियल जिसस र रिचार्लिसनले समान १/१ गोल गर्दा पेरूका लागि जोजे पाओलो गुइरेरोले पेनाल्टीबाट एक गोल गर्न सफल भएका थिए।

जितलाई सम्मान गर्न आग्रह

आयोजक ब्राजिलले पेरुलाई ३–१ ले हराउँदै उपाधि उचाल्दाको दिन आइतबार प्रशिक्षक टिटेले आफ्नो टोली ब्राजिललाई सम्मान गर्न भनेका छन्। मारकाना स्टेडियमा आइतबार भएको खेलमा ब्राजिलले उपाधि जित्न सफल भएको हो। तर प्रशिक्षक टिटेले रेफ्रीको निर्णयप्रति लियोनल मेसीले गरेको टिम्पणी वजनदार भएको बताए। मेसीको टीकाटिप्पणीले अफिसियल्सको ध्यान केन्द्रित गरेको छ।

गोल्डेनगेट र साइपाललाई उपाधि

गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा पहिलो भए ।

पेरु ४४ वर्षपछि उपाधि होडमा

साबिकको विजेता चिलिमाथि ३–० को सानदार जित निकाल्दै बुधबार पेरु ४४ वर्षपछि ब्राजिलमा जारी कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ। समूह ‘ए’ मा रहेको पेरु उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणका लागि योग्य भएको थियो। तर पनि सेमिफाइनलमा चिलीलाई हराउँदै उपाधिका लागि ब्राजिलसँगको भेट पक्का ग¥यो। पेरुको जितमा एडिसन फ्लोरेस, योसिमार योतुन र पाओलो गुइएरोले एक÷एक गोल गरेका हुन्। अधिकांश समय साबिकको विजेता हावी भए पनि जित निकाल्न पेरु सफल भयो।

सुदूरपश्चिम पृतनापति उपाधि भवानीबक्सलाई

प्रतियोगिताको अन्तिम दिन कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा सम्पन्न फुटबलको फाइनल खेलमा भवानीबक्स गणले भवानीदल गणलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी हात पारेको हो।

जिस्टारले जित्यो फ्रेन्डसिप कप

चौथो संस्करणको फ्रेन्डसिप कप सेभेन ए साइड फुटबलको उपाधि जिस्टार एफसी बेलचौतराले जितेको छ। बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक फ्रेन्डसिप युथ क्लब(रातो) लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दे जिस्टारले उपाधि जितेकोे हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्