२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

जितलाई सम्मान गर्न आग्रह

रियो दि जेनेरियो – आयोजक ब्राजिलले पेरुलाई ३–१ ले हराउँदै उपाधि उचाल्दाको दिन आइतबार प्रशिक्षक टिटेले आफ्नो टोली ब्राजिललाई सम्मान गर्न भनेका छन्। मारकाना स्टेडियमा आइतबार भएको खेलमा ब्राजिलले उपाधि जित्न सफल भएको हो। तर प्रशिक्षक टिटेले रेफ्रीको निर्णयप्रति लियोनल मेसीले गरेको टिम्पणी वजनदार भएको बताए। मेसीको टीकाटिप्पणीले अफिसियल्सको ध्यान केन्द्रित गरेको छ।

‘उनले खेलभावनालाई बिर्सनु हुन्न। सम्मान गर्न अति नै जरुरी छ। पराजित भएपछि मेसीले नतिजा स्वीकार गर्नुपर्छ,’ अर्जेन्टिनालाई २–० ले हराएको ब्राजिलका प्रशिक्षक टिटेले भने, ‘हामी पनि अनपेक्षित निर्णयमा धेरै पटक निराश बन्नुपरेको छ। विश्वकपमा नै हामीले भोगेको पछिल्लो उदाहरण हो। त्यसैले संयमित हुँदै खेल्नु नै उपयुक्त हो।’
‘राम्रा खेलाडी हुन् मेसी। देशलाई उपाधि दिलाउनु उनका लागि निकै दबाब छ,’ टिटेले थपे, ‘सबैका आआफ्ना समस्या हुन्छन्। सबैको सामना गर्दै अगाडि बढनु नै बुद्धिमता हो।’

अर्जेन्टिनाका स्ट्राइकर मेसीले शनिबार दक्षिण अमेरिकी फुटबल निकायलाई भ्रष्टाचारमा संलग्न भएको आरोप शनिबार लगाएका थिए। तेस्रो स्थानका लागि भएको खेलमा चिलीलाई २–१ ले हराउँदा मेसीले मेडल लिन अस्वीकार गरेका थिए। उनले भ्रष्टाचारमा सहभागी नहुने भन्दैे तेस्रो बनेको टोलीलाई प्रदान गरिएको मेडललाई अस्वीकार गरेका थिए। यस्तै मेसीले आयोजक ब्राजिललाई जिताउने उद्देश्यका साथ प्रतियोगितामा रेफ्री संलग्न भएको आरोप लगाएका थिए। ब्राजिलविरुद्धको सेमिफाइनल खेलमा कुनै पनि अवस्थामा भिडियो सहायक रेफ्री (भिएआर)को प्रयोग भएन। पेनाल्टीको अपिल गर्दा पनि रेफ्रीले भिएआरलाई अस्वीकार गरेका थिए।

यस्तै चिलीसँगको खेलमा पनि ग्यारे मिडेलसँगको झगडामा रेफ्रीलाई रातो कार्डको दर्शन गराइएको थियो। उत्त झगडामा मेसीले मिडेलले गरेको दुव्र्यवहारमा कुनै पनि प्रतिक्रिया दिएका छैनन्। यद्यपि उनलाई पनि रातो कार्ड देखाउँदै मैदानबाहिर पठाइएको थियो। निस्वार्थ र निष्पक्ष खेल हुनुपर्छ भन्ने कुरामा सहमत ब्राजिलका प्रशिक्षक टिटेको भनाइमा पेरूका प्रशिक्षक रिकार्डो गारेकाले पनि सहमति जनाए। ‘मेसीको भनाइमा अर्थ छ। यसै पनि उनी बोलेका होइनन्। तर यसको मतलबल म मेसीसँग सहमत छु भन्न पनि खोजेको होइन,’ पेरू टोलीका अर्जेन्टिनी प्रशिक्षक गारेकाले भने। ‘उनले खेलभावनालाई बिर्सनु हुन्न। सम्मान गर्न अति नै जरुरी छ। पराजित भएपछि मेसीले नतिजा स्वीकार गर्नुपर्छ।’

 

प्रकाशित: २४ असार २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App