५ आश्विन २०८१ शनिबार
image/svg+xml

उपनिर्वाचन: कस्तो त्रास, कत्रो आस?

हालै मात्र तनहुँ, चितवन र बाराको उपनिर्वाचन सम्पन्न भएको छ। स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई हराउन १० दलीय गठबन्धनले साझा उम्मेदवार उठायो र मत माग्न प्रधानमन्त्री लगायतका शीर्षस्थ नेताहरूले जिल्लाको दौडाहा गरे।

अयोग्य लडाकुलाई सरकारले पैसा हैन रोजगारी दिनुपर्छ: डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अयोग्य लडाकुका नाममा राज्यले पैसा बाँड्न नहुने बताएका छन्।

मनकारी डाक्टरले दुई बर्से बालकको उपचारमा सघाइन्

उपचार नपाउँदा पोलिएको हात पाक्दै गयो। किरा पर्न थाल्यो। मनीषका बुबाको बोली फुट्दैन। आमा हिँड्न सक्दिनन्। दुई बर्से भाइको उपचारको जिम्मेवारी १६ वर्षीया दिदी मनीषाको काँधमा आएको छ।

सहकारीमा महिलाको सक्रियता बढ्दै

धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत संलन गर्न घरबाट निस्किन सधैं हतारो हुन्छ। बचत संकलनमा हिंड्नुपर्ने उनको दिनचर्या हो।

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन्।

‘बनाना रिपब्लिक’ को यात्रा

एउटा राजदूत पदको मूल्य केही करोड रुपियाँसम्म पर्ने रहेछ। देश र ठाउँ हेरी तिनले मोलमोलाइ गर्छन्। राजदूत हुनेले पनि केही वर्षमा करोडौँ जम्मा गरेर फर्किन्छ र फेरि अर्को पद किन्छ।

चार्टर उडानका नाममा चर्काे शुल्क: हवाई उडानमा पनि बिचौलिया

नियमित उडान कटौती गरेर नेपाल एयरलाइन्सले आठ वटा चार्टर उडान भर्‍यो। उडानमा पनि बिचौलिय सक्रिय हुँदा नियमित उडान कटौती गरेर चार्टर उडान हुने गरेका छन्। जसले यात्रुहरू महँगो शुल्क तिर्न बाध्य छन्।

बैंकमा चोरी: लकरको पैसा जोगियो, सामान गायब

बिहीबार राति बैंकको शाखा कार्यालय मुल गेटको ताल्चा फोडेर चोरी गरेको पाईएको प्रहरीको भनाई छ। बैंकबाट एक थान ल्यापटप र कम्प्युटरका केही सामान मात्र चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले बताएका छन्।

पैसाकाे प्रलाेभनमा परेर प्रहरीले नै भगाए जुवाडे

प्रहरीले एक जना जुवाडेलाई पनि समातेन। जुवाडे सँग भएको सबै पैसा लियो। रेस्टुरेन्टको काउन्टर समेत फुटाईयो। प्रहरीले जुवाडेसँग भएको सबै पैसा लिएर जुवाडे सबैलाई भगाएको त्यहाँ सहभागी एक जनाले बताएका छन्। सुरुमा भागेकालाई प्रहरीले बाहिरबाट समातेर भित्र ल्याएर पछि भगाएको उनले बताए।

१८ महिनापछि सागको पैसा निकासा

पोखरामा आयोजना गरिएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १८ महिनापछि निकासा गरेको छ। वि.सं. २०७६ मंसिर १५ देखि २४ गतेसम्म पोखरामा विभिन्न ८ खेल आयोजना गरिएको थियो। महिला क्रिकेट, महिला फुटबल, ब्याडमिन्टन, भारोत्तोलन, ह्यान्डबल, बिच भलिबल, ट्रायथोलनलगायतका खेल आयोजना गरिएको थियो।

परदेसिएका युवाको पीडा: आउजाउमै सकिन थाल्यो उमेर र पैसा

अर्काका देशमा सस्तोमा श्रम खर्चने मजदुरहरूको आउजाउमै उमेर र पैसा सकिन थालेको भन्दै उनले चिन्ता गरे। ‘सरकारले कृषि गर त भन्छ, तर त्यसका लागि चाहिने बीउबिजन, यान्त्रिकीकरण, मलखाद समयमै पुर्‍याउन सक्दैन,’ उनले भने,‘यस्ता कुरालाई समयमै सरकारले पुर्‍याउन सके भारतमा उमेर र पैसा सक्नुपर्ने बाध्यता नेपालीको टर्ने थियो।’ यदि सरकारले यो बेला पनि भारत जाने युवालाई स्वदेशमै रोक्न नसक्ने हो भने पुनः यस्ता कारुणीक कथा सधैँ रहिरहन्छन्।’

अष्ट्रेलियाले किन ल्याउँदैछ गुगल र फेसबुकले समाचारका लागि पैसा तिर्नुपर्ने कानून ?

फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवापत लाग्ने रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ। उक्त कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हो।अष्ट्रेलियाको यो नयाँ कानून विश्वव्यापी नियामकर्ताहरूको लागि डिजिटल माध्यममा समाचारको लागि भुक्तानीको मोडेल साबित हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्