१३ माघ २०८२ मंगलबार
image/svg+xml

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ।

तापिलो पृथ्वीको ताप

अहिले देश संसदीय चुनावमा होमिइसकेको छ। राजनीतिक दलहरू आआफ्ना अजेन्डासहितको चुनावी घोषणपत्र बनाउन जुटेका छन्। यस सन्दर्भमा जलवायु परिवर्तनलाई आगामी संसदीय निर्वाचनको महत्वपूर्ण अजेन्डा बनाउनु समयको माग हो।

विदेशी दलालको कुरा सुनेर ला'सको राजनीति नगरौं: बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ गतेको घटनालाई लिएर लासको राजनीति नगर्न चेतावनी दिएका छन्।

जुम्लामा निर्वाचन प्रहरी मागभन्दा बढी, ४५३ वैकल्पिक

९ सय ७४ जनाको कोटा तोकिएको जुम्लामा १ हजार ४ सय २७ जना निर्वाचन प्रहरी उत्तीर्ण भएपछि ४ सय ५३ जनालाई वैकल्पिक (रिजर्भ) जनशक्तिका रूपमा राखिएको छ।

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७ औं गणतन्त्र दिवस

नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं गणतन्त्र दिवस मनाइएको छ।

'प्रभुराम राई आमन्त्रित फुटबल' उपाधि नेर्पालाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ स्थित बुइपामा सम्पन्न ‘प्रभुराम राई आमन्त्रित फुटबल कप प्रतियोगिता २०८२’को उपाधि खोटाङकै नेर्पा स्पोर्टस क्लब नेर्पाले चुमेको छ ।

लोकतन्त्र जोखिममा छ: पूर्वगृहमन्त्री लेखक

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताए ।

महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि गर्न तालिम

महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि आजदेखि पोखरामा तीन दिने तालिम आयोजना गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ, नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा सो तालिम आयोजना गरिएको हो ।

‘बालेनको राजीनामासँगै हटाइयो’ भनिएका कुर्सी चिटिक्क परेर फर्किए

काठमाडौं महानगरपालिकाले सिंहदरबारदेखि भद्रकाली सडक खण्डका पैदल मार्गमा मर्मतसम्भारपछि सार्वजनिक कुर्सीहरू पुनः राख्न सुरु गरेको छ।

मोटरसाइकल चोर्ने एक जना पक्राउ

मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ८ पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसद् भवन तयार गर्न प्रम कार्यालयलाई चिठी

संसद् सचिवालयले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि तत्काल बैठक सञ्चालन गर्न संसद् भवन तथा अन्य आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिवलाई पत्राचार गरेको छ।

बजाज ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

यही माघ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकले बजाजका नयाँ पुस्ताका मोटरसाइकल आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सानिमा बैंकका नवनियुक्त सिइओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

विश्वक्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशाला मध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्