१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपचारमा हेलचक्राइले पत्रकार थपलियाको मृत्यु भएको भन्दै उजुरी

पत्रकार यादव थपलियाको उपचारमा हेलचक्राई भएको भन्दै उनकि श्रीमती गंगा खतिवडाले छानविनका लागि माग गरेकी छिन्। आफ्नो श्रीमान उपचारको क्रममा अस्पतालले एकपछिको अर्को रोगहरु बताउँदै गएपनि के रोगका कारण निधनको हो स्पष्ट पार्न नसकेको भन्दै उनले बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएकी हुन्।

यातना दिएको भन्दै प्रहरी बिरुद्ध आयोगमा उजुरी

फरार छोरा पक्राउ गर्ने विषयलाई लिएर यातना दिएको भन्दै खोटाङमा प्रहरी बिरुद्ध राष्ट्रिय मानव अधिकार आयोग समक्ष उजुरी परेको छ।

प्रसाईंविरुद्ध मानव अधिकार र महिला आयोगमा उजुरी

झापास्थित बि एण्ड सी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईं विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्राहरूका बारेमा अपमानजनक अभिव्यक्ति दिएका प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै तीन महिलाले आयोगमा उजुरी दिएका हुन्।

कामु प्रधानन्यायाधीश जाेशीविरूद्ध परेका उजुरीको छानबिन

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध परेको उजुरीबारे संसदीय सुनुवाइ विशेष समितिले मंगलबार उजुरीकर्तासँग छलफल गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दुई उजुरी

प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएका सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्।

नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा उजुरी

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ।

श्रीमति पीडित श्रीमानका उजुरी बढ्दै

वैदेशिक रोजगारले पत्नी पीडित श्रीमानका उजुरी बढेका छन्। गाउँपालिकाको न्यायिक समितिमा श्रीमान उजुरी लिएर जान थालेका छन्।

उजुरीका लागि १० दिन

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध केही उजुरी भए उजुरी दिन १० दिनको समय तोकेको छ।

श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी

श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन्।

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ। काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ५२२, ट्याक्सीमा सामान छुटेको ३०४, फुटपाथ पार्किङ गरेको २६ हजार १०८ र बढी भाडा लिएको छ हजार ६८० उजुरी परेको महाशाखाले जनाएको छ।

कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी

जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ। पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा कांग्रेस आन्तरिक किचलोमा फसेको हो। गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ।

इशनाथ नगरपालिकाका मेयर र अधिकृतविरुद्ध उजुरी

रौतहटको इशनाथ नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै मेयर र कार्यकारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरुले छानविन र कारवाहीको माग गर्दै उजुरी गरेका हुन्।

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो।

पाकिस्तानको उजुरीमा छानबिन समिति

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार भारतले दुईपक्षीय शृंखला खेल्न अस्वीकार गरेको भन्दै पाकिस्तानले दिएको उजुरीको छानबिनका लागि समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्