कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिप्रका एक साताका लागि बन्द
कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ।
कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ।
यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ।
बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ।
बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ।
भारतमा एकैदिनमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ।
कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।
एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्।
कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।
उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ।
एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन्।
काडमाडौं उपत्यकामा १५ दिनका लागि 'सट डाउन' गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधिसहित बसेको बैठकले कोरोना भाइरस फैंलदै गएपछि आइतबारदेखि 'सट डाउन' गर्ने निर्णय गरेको काठमाडौमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शनिबार परीक्षण गर्दा १४ जना महिलासहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए अनुसार संक्रमितहरु ‘मास टेष्टिङ’ र ‘कन्ट्याक्ट ट्रेसिङ’बाट भेंटिएका हुन।
पर्सामा थप दुई जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ल अधिकारी ललितकुमार बस्नेतले एक जनाको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा र अर्कोको वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताए पुष्टि गरे ।
चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भइरहेको छ। उनीहरुमध्ये धेरैजसो भारतको विहार र केही नेपालकै तराईबाट आएका हुन्।