८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा कोरोना देखिएको क्षेत्र सिल गरिने, सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही

काडमाडौं उपत्यकामा १५ दिनका लागि 'सट डाउन' गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधिसहित बसेको बैठकले कोरोना भाइरस फैंलदै गएपछि आइतबारदेखि 'सट डाउन' गर्ने निर्णय गरेको काठमाडौमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।  

यो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक काम मात्र हुने छन्। मुद्दा र पास वितरणको काम मात्र हुने दाहालले बताए। यस्तै जहाँ कोरोना देखिन्छ त्यस वरपरको क्षेत्र सिल गर्ने निर्णय पनि बैठकले लिएको छ। यस्तै कार्यालयहरुमा भिड नगर्न पनि अनुरोध गरिएको छ। व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको निरीक्षण गर्ने र पालना नभएका प्रतिष्ठानलाई बन्द गराउने समेत निर्णय भएको छ।

 

 

प्रकाशित: २३ श्रावण २०७७ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App