१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली जहाज अझै ६ महिना युरोप उड्न नपाउने

युरोपियन युनियन (इयू)ले यसैसाता गरेको सुरक्षा अपडेटका क्रममा कालोसूचीबाट नहटाएपछि पुनः ६ महिना नेपाली जहाजले युरोपको आकास प्रयोग गर्न नपाउने भएका हुन्।

जुम्ला विमानस्थलः पहुँचवाला उड्छन्, सर्वसाधारण फर्किन्छन्

गत वर्ष विमानस्थल सुरक्षा समितिको बैठकले सुरुमै आउनेलाई पहिलो टिकट पाउने निर्णय गर्यो। त्योे निर्णय हुँदा सर्वसाधारण निकै खुशी भए। उनीहरुले अब जहाज चढ्नकै लागि हारगुहार गर्न नहुनेमा ढुक्क थिए। तर त्यो निर्णय माइन्युटमा मात्र राखियो। न निर्णय कार्यान्वयन भयो, नत, सर्वसाधारणले सहजै रुपमा टिकट पाए। उल्टै पहुँचवालाको हालीमुहाली हुन थाल्यो। सर्वसाधारणले एक टिकट पाउन हप्तौँ विमानस्थल धाउनुपर्ने अवस्था आइपर्यो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किए

साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ। प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ। त्यसको उदाहरणको रूपमा आजै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ।

विकटमा टिकटको सास्ती

हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन्।

काठमाडौं फर्कने जहाजमा टिकट पाउनैगाह्रो

देशभरका विभिन्न गन्तव्यबाट राजधानीका लागि छुट्ने बसहरु सिटबाहिर पनि यात्रु राखेर फर्किरहेका छन्। काठमाडौं फर्कने टिकट सर्वसुलभ नहुँदा यात्रु ठगिने तथा टिकट नै नपाएका गुनासा व्यापक छ।

दशैंतिहारमा हवाई टिकटको मूल्य किन महंगो ?

सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ। महङ्गो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन्। उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नु पर्छ। अहिले पनि दशैँका लागि हवाई जहाजको टिकट पाउन कठिन भएको छ। पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ।

दिनेश क्षेत्रीको ‘जहाज’मा परदेशीको पीडा

लोकदोहोरी गायक दिनेश क्षत्रीले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पीडालाई समेटेर ‘जहाज’ नामक गीत तयार पारेका छन्।

जहाज कुराउँछन् नेता, आपत्ति जनाउनेलाई राजावादीको आरोप

क्याप्टेनद्वयले चिसोका कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्काे इन्जिन चालू अवस्थामै राखे। तर औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले १ घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन्।

जापानको ओसाका उड्यो नेपाल एयरलाइन्सको जहाज

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ।

ओलीसरकारले गर्नुपर्ने काम

नेपालमा पानीजहाजको चर्चा धेरै नै छ। खासगरी ओली सरकारको नेतृत्वमा आएपछि। विभिन्न नदीमा सानै किन नहोस्, पानीजहाज चल्नसमेत थालेका समाचार आइरहेका छन्। त्यसैगरी यो सरकारले अन्तरिक्षमा आफ्नै फुच्चे यान पनि पठायो। यो विश्व रंगमंचमा नेपालीका लागि खुसीको खबर हो।

वायुसेवा निगममा सुधारको लागि सुझाव दिन कार्यदल गठन

सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेको छ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय 'नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका हुन्।

के गर्दैछ पानीजहाज कार्यालय ?

नेपालमा पानीजहाजको चर्चा हुन थालेको पूर्वराजा ज्ञानेन्द्र शाह अधिराजकुमार भएकै समयदेखि हो। पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि समुन्द्र नै नभएको नेपालमा पानी जहाज कार्यालय पनि खुल्यो। पानीजहाजको सिधा सम्वन्ध देशको आर्थिक विकास र समृद्धिसँग जोडेर एकथरीले गर्छन् भने अर्काथरीले 'हावादारी' भन्ने गर्छन् । यसका आफ्नै बहस छन्।

तेल ट्याँकर छाड्न बेलायतको आग्रह

बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ। बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ।

पाहुनालाई जहाजमा व्यवस्था

टोकियो ओलम्पिक आउन अब करिब एक वर्षको समय बाँकी छ तर आयोजक कमिटीलाई भने प्रतियोगिता हेर्न आउने दर्शकलाई बसोवासको व्यवस्था कसरी मिलाउने भन्ने चिन्ताले सताएको छ।

नेपालको व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली झन्डा अन्तर्राष्ट्रिय सामुद्री क्षेत्रमा फहराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्