नेपाल आयो ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज
नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।
नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।
नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको छ। निगमले सोमबार लगानी कोषसँग उक्त परिमाणबराबरको ऋण सम्झौता गरेको हो।
चाइना इस्टर्न एयरलाइनसको जेट एउटा इन्जिनमा प्वाल देखेपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ। सिड्नीबाट सांघाईका लागि उडेको एयरबस ए३३० जहाज उडेको केही समयपछि इन्जिनमा डरलाग्दो प्वाल देखिएको थियो। प्वाल देखेपछि पाइलटले विमानको इमर्जेन्सी ल्यान्डिङ गरेका छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको छ। उक्त ऋणको ब्याज दर वार्षिक ९ प्रतिशत तोकिएको छ।
ष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न पुनः 'ग्लोबल टेन्डर' आह्वान गरेको छ। निगमको 'बि७५७–२००' सिरिजको एकथान जहाज एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ।
नेपाली सेनाको जहाजलाई भने नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम लागू हुँदैन। स्रोतका अनुसार क्याप्टेन गुरुङ ८ वर्षपछि पहिलोपटक बाजुरा विमानस्थलमा अवतरण गराउने प्रयत्नमा थिए। नागरिक उड्डय नियमअनुसार यस्ता स्टल एअरफिल्डमा एक वर्षभन्दा बढी समय अवतरण नगराएको भए प्रशिक्षक पाइलटको निगरानीमा सफल उडान गराएर मात्र अवतरण गराउने अनुमति दिइन्छ। तर सेनाको हकमा भने यस्तो आधारभूत हवाई सुरक्षा नियमको ठाडै बेवास्ता गरिन्छ।
नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एकथान ठूलो जहाज भाडामा लिन 'ग्लोबल टेन्डर' आह्वान गरेको छ। निगमले दुई महिनाका लागि एकथान जहाज भाडामा लिन टेन्डर आह्वान गरेको हो। यसअघि आह्वान गरेको टेन्डरमा कुनै पनि कम्पनीले सहभागिता नजनाएपछि निगमले दोस्रो पटक टेन्डर आह्वान गरेको हो।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मलेन गर्दै नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।
मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले दोस्रो जहाज काठमाडौं ल्याएको छ। क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमतायुक्त ‘क्यानडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यस्तै पहिलो जहाज श्रीले २०७३ चैत ३० गते ल्याएको थियो । दुइटै जहाजमा जेट इन्जिन जडित छ । ‘फिक्स्ड विङ’ जहाजबाट सेवा दिन थप श्रीले २ अर्ब रुपैयाँ लगानी थपेको छ । जसबाट २ सय नयाँ रोजगारी सिर्जना भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आधा–आधा परिमाणमा लिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को विहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ ।
नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० वाइडवडी एयरबस खरिद गर्ने सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्त कंसाकार र बिक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेका हुन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट पछिल्लो पटक काठमाडौं ल्याएको १७ सिटे एउटा चिनियाँ जहाजलाई दुई महिनादेखि ‘घाममा सेकाएर’ राखेको छ।
मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ।