त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी र प्रहरीको घम्साघम्सी (फोटो/ भिडियाे)
डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।
डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।
अचेल सानो सहयोग गरे पनि ठूलो हल्ला गर्ने र प्रचारप्रसार गर्ने होडबाजी चलिरहेका बेला नेपालको शिक्षा क्षेत्रमा बिघौं जग्गा दान दिएर स्कुल तथा कलेज बनाइदिएका दाता परिवारका सदस्यहरूले मानसम्मान र प्रचार खोजेका छैनन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्।
त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ।
शिक्षण अस्पताल महाराजगन्जमा मानव अंगबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।
त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खानियाँ, रेक्टर सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीको मिलेमतोमा सरकारको स्वीकृतिबिनै विश्वविद्यालयमा तीन निर्देशनालय र एक गुणस्तर प्रमाणीकरण तथा प्रत्यायोजन केन्द्र (क्युएए) थपिएको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयको ९ महाशाखा तथा कार्यालयहरूमा एक तह मुनिका कर्मचारीलाई श्रेणी बढुवा गरी कायममुकायम दिने प्रस्ताव गैर कानुनी भएको भन्दै कानुन संकायमा डिन ताराप्रसाद सापकोटाले कार्यकारी परिषद्को सदस्यबाट राजीनामा दिएका छन्।
सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली अनुपस्थित भएका कारण त्रिवि सभा स्थगित भएको घटनाप्रति त्रिवि प्रध्यापक संघले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति तिर्थ खनियाँले तयार पारेको कार्यसूचिप्रति असन्तुष्टि जनाउँदै वैशाख २३ गते आफैंले समय दिएर बोलाएको सभामा कुलपति एवं प्रधानमन्त्री ओलि उपस्थित नहुँदा विश्वविद्यालय इतिहासमै पहिलोपटक त्रिवि सभा स्थगित भएको थियो।
त्रिभुवन विश्वविद्यालय (टियु)ले सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरुमा विहीबार विदा दिएको छ। टियुका पूर्व रजिष्टार निलकण्ठलाल श्रेष्ठको चैत ३० भएको निधनको शोकमा सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने रजिष्ट्रारको कार्यालयस्थित सामान्य प्रशासन महाशाखाले बुधबार सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।
त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले असफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघसंस्था सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो दशकमा करिब १३ वटा यस्ता संघसंस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालको शैक्षिक अस्तित्वमै खतरा उत्पन्न गराएको छ ।
मुलुकको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एउटै प्रकृतिको कामका लागि चिनियाँ दुई इन्स्टिच्युटसँग छुट्टाछुट्टै सम्झौता गरी काम अगाडि बढाएको छ । वातावरणसम्बन्धी अध्ययन गर्न त्रिविले दुईटा संस्थासँग सम्झौता गरेको हो ।कार्यकारी परिषद्को निर्णयका आधारमा सो कार्यका लागि चीनको एउटा इन्स्टिच्युटलाई त्रिविले ३५ रोपनी जग्गा उपलब्ध गराएको छ । विश्वविद्यालयको जग्गा दिँदा सरकार वा त्रिवि सिनेटले पारित गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरिएको छ।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि शिक्षण शुल्कमा दोब्बर वृद्धि गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी स्नातकोत्तर तहको शुल्क प्रतिसेमेस्टर ८ हजारबाट बढाएर संकायअनुसार १२ हजारदेखि २० हजारसम्म बनाएको छ।