१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

आगामी भाद्र १३ गतेदेखि मलेसियामा हुने एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारी स्वरुप श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो तथा अन्तिम अभ्यास खेलमा समेत जित हात पारेको छ।

दाेस्राे अभ्यास खेलमा नेपाल १ सय ७६ रनले विजयी

एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दाेस्राे अभ्यास खेलमा समेत जित हात पारेको छ। नेपाली टोलीले दोश्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १ सय ७६ रनले पराजित गरेको हो।

दाेस्राे अभ्यास खेलमा नेपालद्वारा ब्लुमफिल्डसामु ३ सय २४ रनकाे चुनाैती प्रस्तुत

मलेसियामा हुने एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ।

पृथ्वी शाह भारतीय टेस्ट टोलीमा

भारतले बुधबार इङ्ल्यान्डविरुद्धको अन्तिम दुई टेस्टका लागि १८ वर्षे ब्याट्सम्यान पृथ्वी शाहलाई टोलीमा समावेश गरेको हो।

पहिलाे अभ्यास खेलमा नेपाल ६७ रनले विजयी

एसिया कप छनौट खेलको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अाज (बुधवार) भएको पहिलाे अभ्यास खेलमा जित हात पारेको छ। नेपाली टोलीले श्रीलंकाकाे स्थानीय क्लब आर्मी क्रिकेट क्लब विरुद्धको खेलमा ६७ रनको जित निकालेको हो।

भारतले जित्यो तेस्रो टेस्ट

भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ। जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए। त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए।

नेपाली टोली श्रीलङ्का प्रस्थान, लक्ष्य एशियाकप

भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ।

पुन र भण्डारीको पुनरागमन

मलेसियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका सागर पुन र विनोद भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्।

ज्ञानेन्द्र सिटिजन्स बैंकको सद्भावना दूत

सिटिजन्स बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई शुक्रबार सद्भावना दूत (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ।

इलाममा आइपिएल क्रिकेट हुने

पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको इलाम प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता आउँदो कार्तिक पहिलो साता सदरमुकाममा आयोजना गरिने भएको छ। ठूलो टुँडिखेलमा हुने १ नम्बर प्रदेशस्तरीय प्रतियोगिता जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको हो।

क्यारेवियन प्रिमियर लिगः सन्दीपले लिए एकै ओभरमा २ विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)  क्रिकेटको आफ्नो तेस्रो खेलमा जमाइका तल्लावाजविरुद्ध एकै ओभरमा २ विकेट लिएका छन्।

स्टिड न्युजिल्यान्डका प्रशिक्षक

न्युजिल्यान्ड क्रिकेट बोर्डले बुधबार पूर्व ब्याटस्म्यान ग्यारी स्टिडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। माइक हेसन जुनमा जिम्मेवारीबाट हटेपछि न्युजिल्यान्डको क्रिकेट टोली प्रशिक्षकविहिन थियो।

मेरो नेतृत्व क्यानको आवश्यकता हो : पारस

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट संघको व्यवस्थापनमा आफ्नो आवश्यकता रहेको मंगलबार बताएका छन्।

मुद्धा फिर्ता लिन निर्वाचित क्यानको सर्त

नेपाल क्रिकेट संघ (क्यान) विवाद सुल्झाउन बनेको स्वतन्त्र टोलीले सोमबार अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन आग्रह गरे पनि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले एकतर्फी रुपमा मुद्धा फिर्ता लिन नसकिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्