लन्डन – भारतले बुधबार इङ्ल्यान्डविरुद्धको अन्तिम दुई टेस्टका लागि १८ वर्षे ब्याट्सम्यान पृथ्वी शाहलाई टोलीमा समावेश गरेको हो।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शाहलाई ओपनर मुरली विजयको स्थानमा समावेश गरेको हो । त्यस्तै स्पिनर कुलदीप यादवको स्थानमा हनुमा विहारीलाई समावेश गरिएको छ।
विजयले पहिलो र दोस्रो टेस्टमा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । तेस्रो टेस्टमा ओपनरको भूमिकामा लोकेश राहुल देखिएका थिए । त्यस्तै यादवले दोस्रो टेस्ट खेलेका थिए।
पाँच टेस्ट खेलको शृंखलामा भारत २–१ ले पछि छ । पहिलो टेस्ट ३१ रनले जितेको इङ्ल्यान्डले दोेस्रो टेस्ट एक इनिङ र १ सय ५९ रनले जितेको थियो । तेस्रो टेस्ट भारतले २ सय ३ रनले जितेको थियो।
चौथो टेस्ट अगस्ट ३० बाट साउथह्यामटनमा सुरु हुनेछ।
प्रकाशित: ८ भाद्र २०७५ ०४:१९ शुक्रबार