२० आश्विन २०८१ आइतबार
image/svg+xml

दुर्घटनामा घाइते महिलाको मृत्यु

लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नम्बरकाे ट्रकले ग २ प ९६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्कीिस्थित जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ। आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहेका छन्। उद्योगमा बिहान ८ बजे आगो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन।

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन्। तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्।

दुर्घटनामा एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको हो।

फ्रान्समा रेल दुर्घटना,चार बालबालिकाको मृत्यु

दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि चार जना बालबालिकाको मृत्यु भएको छ भने २० जना गम्भीर  घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो।

झापाको भालुखोलामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।  मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए।

दार्चुलामा लडेर म्यादी प्रहरीको मृत्यु

काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ।  मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ।

घरसँगै जलेर महिलाको मृत्यु

इलाम नगरपालिका–५, स्थित घलेटारछेऊको एउटा घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ । बिहानको राति करिब २ बजे स्थानीय भोविन्द्र नेपालीको घरमा आगलागी हुँदा उनकी पत्नी ३० वर्षीया पवित्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिउटीमा खटिएका म्यादी प्रहरीको मृत्यु

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागी खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ। गस्ती डिउटीमा खटिएको बेला म्यादी प्रहरीको लडेर मृत्यु भएको हो। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नंं२ सुण्डमुण्डका १९ वर्षीय रविन्द्रसिह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु

आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ।  दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो।

बसले किच्दा नाबालकको मृत्यु

पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन्।

जुम्रा मार्न टाउकोमा विषादी हाल्दा बालिकाको मृत्यु

जुम्रा मार्न टाउकोमा हालिएको विषादीका कारण खोटाङमा एक बालिकाको मृत्यु भएको छ । जुम्रा मार्नका लागि टाउकामा हालिएको ब्लुम मेटासिट नामक विषादीका कारण रुपाकोट मझुवागढी नगरपालिका–१५ बुइपाकी ७ वर्षीय सुनिता बास्तोलाको मृत्यु भएको हो ।

रेलले ठक्कर दिँदा पाँच हात्तीको मृत्यु

उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरूले जनाएका छन्।  आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन्। त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्