४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नवनियुक्त मन्त्रीलाई सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएको छ।

सरोकारवालासँग छलफल ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्याः घिसिङ

‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ। प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ। उहाँहरुले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नु भएको छैन,’ सदस्यसचिव घिसिङले भने, ‘ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो। तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन र सबै संघ अवैधानिक हुन पुगे। राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु। उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ।’

खेलाडी होस्टेल, फ्लिम हलसहित खेल सङ्ग्रहालय र कभर्ड हल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थ्री स्टार लेभलको खेलाडी होस्टेल, फ्लिम हलसहित खेल म्युजियम र राष्ट्रिय खेल भलिबलका लागि कभर्ड हल बनाउने भएको छ।

सदस्यसचिव र कतारका राजदूतबीच भेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ।

तेह्र खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका १/१, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका २/२ गरी १३ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो।

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।

‘फिफ्टिन ‘ए’ साइड रग्बीमा जित लक्ष्य

बंगलादेशसँगको रग्बी सिरिजबाट पहिलो पटक ‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको नेपालले जित निकाल्ने लक्ष्य राखेको छ।

सदस्यसचिव घिसिङ र डा.सब्रिनाबीच भेटवार्ता

त्रिपुरेश्वरस्थित राखेप सदस्यसचिवको कार्यकक्षमा यी दुईबीच भेटवार्ता भएको हो। अस्ट्रियाकी सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न उनी नेपाल आएकी हुन् र गत मे १६ मा उनले सगरमाथाको सफल आरोहण गरिसकेकी छन्।

दुर्गामानको नयाँ राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

नवौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार गण्डकी प्रदेशमा जेठ तेस्रो साताबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ।

राखेप सदस्यसचिवको सहयोग

सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्यसचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधाबापतको रकम सदस्यसचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन्।

‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै’

सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य नवौं राष्ट्रिय खेलकुद नै भएको बताए। उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए।

राजनीतिक दललाई चुनाव लागेको बेलामा राष्ट्रलाई खेलकुदमय बनाउँछौँ: घिसिङ

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति लिन सकेन। खेलकुदमा उपलब्धि भन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्