४ मंसिर २०८१ मंगलबार
image/svg+xml

टोखालाई पर्यटकको हब बनाउने तयारी गरेका छौं

जनप्रतिनिधि भएर आएको पनि २० महिना भइसक्यो। त्यसयता जनताकै सेवामा लागिरहेका छौं। बिनाज हाउजिङदेखि टोखागेटसम्म डेढ किलोमिटर सडक कालोपत्रे गर्यौं। शवदाह संस्कार गरेर आइसकेपछि नुहाउने ढुंगेधारा मर्मतसम्भार गरेर व्यवस्थित गरेका छौं।

रसुवागढी नाकाबाट २९ हजार पर्यटक भित्रिए

सन् २०१८ मा रसुवागढी नाका हुँदै २९ हजार पर्यटक नेपाल आएका छन्। अध्यागमन कार्यालय रसुवागढीका अनुसार १२ महिनामा २९ हजार एक सय ५४ चिनियाँ तथा विदेशी पर्यटक नेपाल आएका हुन्। सन् २०१६ मा चार हजार नौ सय ६१ र सन् २०१७ मा १७ हजार ६ सय २० जना तथा र ८२ जना अन्य देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालयको तथ्यांक छ।

मुस्ताङमा पर्यटक बढे

सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १२ प्रतिशतले वृद्धि भएको छ।

पूर्वकाे गन्तव्य भेडेटार

शुक्रबार धनकुटाको उच्च क्षेत्रसँगै तेह्रथुम, संखुवासभाको सिमावर्ती भू–भागमा हिमपात भयो। लगत्तै धरान, इटहरी, विराटनगरबाट मोटरसाइकल, गाडी

सौराहामा सबै आन्तरिक पर्यटक

नयाँ वर्षका लागि चितवनको पर्यटकीय नगरी सौराहाका सबै होटल, रिसोर्ट बुकिङ भएका छन्। यहाँका अधिकांश होटल स्वदेशी पर्यटकले बुकिङ गरेका छन्। सौराहामा एक सय १० वटा पर्यटकीय होटल तथा रिसोर्ट छन्। सबै होटलमा गरी ५५ सय बेड छन्।  विगतको तुलनामा यस वर्ष सौराहा आउने पर्यटकको संख्या सुरुदेखि नै बढेको होटल मोनालिसा चितवन प्रालिका सञ्चालक केशव खनाल बताउँछन्।

प्रदेश सरकारको पहिलो प्राथमिकतामा ह्यात्रुङ झरना

संघीय सरकारले पर्यटकीय सूचीमा समेत नराखेको दक्षिण एसियाकै लामो ह्यात्रुङ झरनालाई प्रदेश नं. १ को सरकारले पहिलो प्राथमिकतामा राखेको छ। उक्त ह्यात्रुङ झरनाको स्थलगत अवलोकन गर्दै प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले त्यसकाे विकासका लागि प्रदेश सरकार लागी परेको बताए।

हिउँमा खेल्न दाेलखा पुगे पर्यटक

दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो ।

पटिहानीमा थपिँदै ठूला होटल

नेपाल भ्रमण वर्ष २०२० का लागि छनोट गरिएको सयौं नयाँ पर्यटकीय गन्तव्यमा परेको पटिहानीमा ६ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन्। जसमध्ये पाँचवटा थ्री स्टार लेभलका छन्। अरु साना पर्यटकिय होटल पनि उत्तिकै संख्यामा रहेका छन्।

रसुवागढी नाका हुँदै ४० देशका पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै एक महिनामा ४० देशका पर्यटक नेपाल आएका छन्। गत नोभेम्बर महिनामा विभिन्न ४० देशका एक हजार दुई सय आठ पर्यटक नेपाल आएका हुन्।

जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण शुरु

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोतस्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण शुरु भएको छ।

सत्र प्रतिशतले बढ्यो पर्यटक आगमन

सन् २०१८मा गत नोभेम्बरसम्म नेपालमा पर्यटक आगमन हालसम्मकै उच्च पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीदेखि नोभेम्बर सम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

प्रदेशलाई पर्यटकीय नाममा ‘ब्रान्डिङ’ गरिँदै

प्रादेशिक संरचनाअनुसार सबै प्रदेशलाई पर्यटन क्षेत्रमा छुट्टै ‘ब्रान्ड’ले पहिचान दिलाउने तयारी गरिएको छ। प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘ब्रान्डिङ’ आवश्यक भएको सरोकारवालाको भनाइ छ। अहिलेसम्म प्रदेशलाई पर्यटनको नामले चिनाउने कुनै विशेष ‘प्रडक्ट’ वा ‘ब्रान्ड’ छैन।

विदेशीजस्तै नेपालीलार्इ भाउ

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी लाखौं पर्यटक आउँछन्। तीमध्ये धेरैको रोजाई खुम्बु क्षेत्र हुन्छ। विशेषगरी दुई याम (सिजन) असोज–मंसिर र फागुन–जेठमा खुम्बु यात्राको लागि उपयुक्त मानिन्छ।

मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने जानकारी दिएका छन्। उनले दिगो पर्यटन विकास गरी स्थानीयको जीविकोपार्जनमा टेवा पु्र्याउने लक्ष्य रहेको बताए।

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नाैं : अाइजिपी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन्। पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्