१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अवैधरुपमा खाडी मुलुक हिँडेका सात नेपाली महिला श्रीलंकाबाट डिपोट

काठमाडौं– श्रीलंकाको अध्यागनले सात नेपाली महिलालाई शनिबार फिर्ता गरेको छ। नेपालले प्रतिबन्ध गरेका देशमा रोजगारका लागि श्रीलंका ट्रान्जिट भएर जाने तयारीमा रहेका उनीहरुलाई फिर्ता गरेको अध्यागमन विभागले जनाएको छ।

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

गएरातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।

काउलेपानी मुलुककै पहिलो वातावरणमैत्री होमस्टे गाउँ

नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको गाउँ सहरको होमस्टेगाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ।

कांग्रेसका १० सांसद मुलुक बाहिर

काठमाडौं- नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनको लागि संख्याको खेलमा रहेकै बेला नेपाली कांग्रेसका १० सांसद भने मुलुक बाहिर रहेका छन्।

मुलुकी ऐन :  हाम्रो गौरव

'मुलुकी ऐन' नाम नै औपचारिकरूपमा विसर्जन हुने बेलामा फरकफरक पक्षबाट फेरि एक पटक चर्चामा आएको छ। यसलाई माया गरेर डा. शङ्करकुमार श्रेष्ठले लेखै लेख्नुभयो (नागरिक असार ९)। त्यसै विषयमा नागरिक दैनिकमा सम्पादकीय नै लेखियो (असार १४)।

अमेरिकाद्वारा नेपाललसहितका अल्पविकसित मुलुकका लागि जीएसपी सुविधा थप

वाशिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत वार्षिक उत्पादन समीक्षा (एनुअल प्रोडक्ट रिभ्यु) घोषणा गरेको छ। यसअन्तर्गत नेपाललगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेटजस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ।

सरकार गिराउने खेलले मुलुक बर्बाद : दाहाल

बनेपा— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने खेलले देशलाई बर्बाद पार्ने जनाएका छन्। सरकार परिवर्तनको चर्चा चलिरहेका बेला काभ्रेको उग्रचण्डी नाला गाविसमा आयोजित कार्यक्रममा उनले भने, ‘एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई बरबाद पार्छ।’

‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’

काठमाडौं– वैदेशिक रोजगारीमा गएका युवायुवती दिनप्रतिदिन जोखिममा पर्नुमा श्रम तथा रोजगार मन्त्रालय नै जिम्मेवार रहेको व्यवस्थापिका संसदका सदस्यले औंल्याएका छन्।

विश्वका नाजुक मुलुकको सूचिमा नेपाल ३३ औं स्थानमा

काठमाडौं– एक अमेरिकी संस्थाले जारी गरेको कमजोर (नाजुक) अवस्था देशको सूचीमा नेपाल ३३ औं स्थानमा उक्लेको छ।

नेपाल घर घरमा आँसुकवि भएको मुलुक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ गाउँ र घर घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौँ वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे।

मुलुकभरि सिअाइबीको छापा, १४ नक्कली डाक्टर पक्राउ

असार— नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आशंकामा छानबिनका लागि वीरगन्जबाट नौ, भरतपुरबाट तीन र जनकपुरबाट दुई जनालई शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पक्राउ गरिएका नौ डाक्टरलाई काठमाडौंतर्फ लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्