२१ असार २०८१ शुक्रबार
image/svg+xml

इलामका जिसस प्रमुख र मेयरलाई कोरोना संक्रमण

इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई कोरोना संक्रमण भएको छ। केही दिनयता घरमै आइसोलेसनमा रहेका प्रमुख बराललाई आइतबार छातीमा समस्या देखिएपछि इलाम अस्पताल ल्याइएको थियो।

तिब्बतको डिङ्जी काउन्टी सरकारसँग कोरोना नियन्त्रण सामग्री माग

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला समन्वय समिति ताप्लेजुङले तिब्बतको डिङ्जी काउन्टी सरकारसँग कोरोना नियन्त्रणका सामग्री माग गरेको छ।

जिल्ला समन्वय समिति उदयपुरको खाता रोक्का

जिल्ला समन्वय समिति (जिसस) उदयपुरको रकम खर्च गर्न नपाउने गरी मन्त्रालयले रोक्का गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरी साविक जिल्ला विकास समितिका विभिन्न कोषमा रहेको सम्पूर्ण रकम हाललाई खर्च गर्न नपाइने गरी रोक्का गरेको हो।

पालिकाले दुई वर्षसम्म लगेनन् जिसस अनुदान

२०७६ भदौमा जिल्ला समन्वय समितिले सबै पालिकाका प्रमुखसहितको उपस्थितिमा बैठक बसेर छलफलपछि गाउँपालिकालाई १ करोड १० लाख र नगरपालिकालाई एक करोड ४० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

जिल्ला समन्वय समिति पत्रको वाेद्यार्थ पठाउने थलो मात्र

जिल्ला समन्वय समिति अधिकारविहिन हुँदा समितिका पदाधिकारी कामविहिन छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्