सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी
बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।
बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।
विगत एक दशकयता म्याग्दीमा बसाइँसराइका क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकका छिमेकी घट्दै गएका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विगत १० वर्षमा सहरी क्षेत्रको जनसंख्या थपिएर व्यवस्थापन गर्न अप्ठेरो भइरहेको देखाएको छ। ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ प्रतिशतमा पुगेको छ।
गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैं त्रासमा जीवन जिउन बाध्य छन्।
धनगढीमा सार्वजनिक सम्पत्ति र सम्पदामा भएको अतिक्रमण हटाउने केही प्रयास भएका छन्। उपमहानगरको मेयर भएपछि गोपाल हमालले धनगढीको डुबान कम गर्न मिचिएका खोलानाला बचाउने अभियान चलाए। यसअन्तर्गत गत साल सुकुटी नालाको अतिक्रमण हटाउन थालिएको थियो ।
अहिले गाउँगाउँमा टोलटोलमा विकास पुगेको छ, मान्छे छैनन्। गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्।
दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो।
चार वर्षअघि व्यापारिक कारोबार सुरु भएको केरुङ प्रवेशका लागि बाहिरी जिल्लाबाट बसाइँसराइ गरी आउनेको संख्या बढेको छ। केरुङ प्रवेशका लागि रसुवाका नागरिकले मात्र नेपाल–चीन आगमन–प्रस्थान अनुमतिपत्र (चाइना पास) पाउने भएकाले बसाइँसराइ गरी आउनेको संख्या बढेको हो। २०७२ असोजदेखि रसुवागढी अध्यागमन कार्यालय रसुवाले पास जारी गर्न थालेको हो।
नेपालमा एकचौथाइ जनसंख्या अझै पनि गरिबीको रेखामुनि छन्। गरिबीको घनत्व निश्चित जातजाति, लिंग र भूगोलमा अत्यधिक छ भने पछिल्लो समय बसाइँसराइ तथा तीव्र सहरीकरणका कारण सहरी गरिबीको स्तर बढ्दो छ।
कुम्मायक गाउँपालिका–१ यासोकका खेम निरौलालाई घर नजिकै पानीको मुहान भएको स्मरण ताजै छ। खानमात्र होइन खे पनि यहींको पानी प्रयोग हुन्थ्यो। ‘निरौला धारा’ नामले प्रख्यात सो ठाउँमा पानीको मुहान थियो भनेर भन्दा अहिले कसैले पत्याउँदैनन्। ‘१५ वर्षजति भयो यहाँको मुहान सुक्न थालेको, अहिले त धाराको संरचना पनि छैन,’ निरौला विगत सम्झँदै भन्छन्, ‘यहाँ मात्र हैन गाउँभरिका मुहान सुकेका छन्। बर्सेनि पानीका मुहान सुक्दै गएपछि गाउँमा पानीको पिर थपिँदै गएको छ।’ कुम्मायक गाउँपालिका साविकका यासोक, रानीगाउँ र स्वाबरुम्बा गाविसलाई सरकारले सुखा क्षेत्र नै घोषणा गरेको छ। यहाँका खानेपानीका अधिकतर मुहान सुकिसकेका छन्।
बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्। भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।