तिलिचोमा रोकिएका २३ पर्यटक र १० गाइडको उद्धार
मनाङको तिलिचो ताल (४९१९ मि) पुगेका २३ जना विदेशी पदयात्री र उनीहरुका १० जना नेपाली सहयोगी गाइडको सकुशल उद्धार गरिएको छ।
मनाङको तिलिचो ताल (४९१९ मि) पुगेका २३ जना विदेशी पदयात्री र उनीहरुका १० जना नेपाली सहयोगी गाइडको सकुशल उद्धार गरिएको छ।
पर्यटन वर्ष सन् १०२० को प्रवद्र्धनका लागि आयोजित प्रथम सूर्याेदय पर्यटन महोत्सव शनिबार सुरु भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा उदाउँदो सूर्यको पूजा र करफोकमा आयोजित समारोहमा दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गरे।
पर्यटकीय नगरी सूर्याेदय नगरपालिकामा आयोजना गर्न लागिएको सूर्याेदय पर्यटन महोत्सवमा आउने पर्यटकका लागि स्थानीय सबै होटलमा ‘मेन्यु’ अनिवार्य गरिएको छ। आएका पर्यटकलाई कुनै होटलले बढी मूल्य लिएर दुःख नदिऊन् भन्ने उद्देश्यले नगरका सबै होटलले मेन्यु राख्नुपर्ने भएको हो।
रुपन्देही मर्चवार बस्ने हरि लोध रानीमहलसँग सेल्फी लिइरहेका थिए। रानीमहल जाने भनेर ३ पटकसम्म योजना बनाएका उनले घरायसी विविध कारणले पुग्न अहिलेसम्म सकेका छैनन। पेशाले व्यवसाय गर्ने लोधको ईच्छा पाल्पा गएर रानीमहलसँगै तस्विर लिने छ।
चालु आर्थिक ०७६/७७ को पहिलो चार महिनामा १२ हजारभन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका छन्। निकुञ्जका अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा १२ हजार सात सय ६१ पर्यटक भित्रिएका छन्। जसमा सात हजार आठ सय १७ नेपाली, चार हजार आठ सय ७३ विदेशी र ७१ जना सार्क राष्ट्रका पर्यटक छन्।
कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
भारतीय सीमा क्षेत्र तथा इलामकै अग्लो पर्यटकीयस्थल सन्दकपुरको भ्यु–पोइन्टमा जान र तस्बिर खिच्न नदिने गरीको व्यवहार परिवर्तन गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आश्वासन दिएको छ।
विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ। सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पुर्याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन। दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन्।
संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन्।
पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ।
प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ। प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन्।
जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा चौरी पाल्ने कृषक बढ्न थालेका छन्। दूधले राम्रो मूल्य पाउन थालेपछि कृषक बढेका हुन्। कृषकलाई दूध बिक्री गर्न समस्या छैन। यस क्षेत्रमा चीज उत्पादन केन्द्र भएका कारण दूध बिक्रीमा समस्या छैन।
जुम्ला कनकासुन्दरी गाउँपालिकाका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमीको दाल। अनि अर्कोमा तरकारी र कचौंरामा भांगोको चटनी। यो सबै तयारी हेर्दा कुनै चाडपर्वमा खानपिनका लागि तयारी गरेको जस्तो भान हुन्थ्यो। तर, त्यो मेलापर्वको खान्की थिएन। त्यो मुगुमा रहेको अप्सरा हेर्न आउने पर्यटकका लागि बनाएको अर्गानिक खान्की थियो।
भाषा ज्ञान नहुँदा पर्यटक प्रहरीहरुलाई समस्या पर्ने गरेको छ। विभिन्न भाषाभाषीका पर्यटक नेपाल भित्रिने गर्छन् तर नेपाल सरकारसँग सबै किसिमका भाषा बोल्न सक्ने पर्यटक प्रहरी छैनन्।
आठ हजार पाँच सय ६८ मिटर उचाइमा रहेको नेपालको दोस्रो र विश्वको तेस्रो कञ्चनजंगा हिमालको बेस–क्याम्पको पदयात्रा हुने क्षेत्रभित्र युरोप, अमेरिका, एसियाका विभिन्न देशबाट आएका पर्यटक भरिभराउ हुन थालेका छन्। पछिल्ला वर्ष पदयात्राको सिजनमा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो।