६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रतिपक्षी जिस्क्याउँदै सरकार

संघीय सरकारलाई उछिनेर प्रदेश २ को संसद्ले पारित गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौती देखिएको छ।

प्रदेश प्रहरी ऐनमा हाम्रो विरोध छैन्ः नेकपा

नेकपाका प्रदेश नम्बर २ का ईन्चार्ज एवम् प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश प्रहरी ऐनमा आफूहरुको विरोध नरहेको बताएका छ। प्रक्रियामा मात्रै आफूहरुको आपत्ति रहेकोको उनको भनाई छ।

सात हजार प्रहरी भर्ना बारे सर्वाेच्चद्वारा सरकारलाई झिकाइयो

संघीय अवधारणा विपरित नेपाल प्रहरी केन्द्रीय कार्यालयबाट सातहजार भन्दा बढी प्रहरीको भर्ना गर्न लागेको दावी सहित परेको रिट निवेदनमा सर्वाेच्च अदालतले सरकार र प्रहरी प्रधान कार्यालयलाई झिकाएको छ। न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले विपक्षी निकायलाई कात्तिक १३ मा छलफलमा उपस्थित हुन आदेश भएको हो।

एसपी बिष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी

गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट हटाउने अन्तिम तयारी गरेको छ।

तीन बालिकालाई ललाईफकाई लैजादै गरेकी युवती पक्राउ

काम लगाई दिने बाहानामा तीन बालिकाहरुलाई लैजादै गर्दा एक युवती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका–७ तिनटीआँपबाट बुटवलतर्फ बालिका लैजादै गरेको अवस्थामा शर्मीला खत्री पक्राउ परेकी हुन्।

तराई टुक्राउने नियतले प्रदेश २ को प्रहरी विधेयकः मसाल

नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले  हालै प्रदेश नं.२ले ल्याएको प्रहरी विधेयक मधेश टुक्राउने नियतले ल्याइएकाे टिप्पणी गरेको छ।

सशस्त्रका ६ एसएसपीकाे डीआइजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी वलका ६ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूलार्इ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा वढुवाका लागि सिफारिस भएको छ।

बढुवा नहुने भएपछि सशस्त्रका एसएसपीको राजीनामा

बढुवामा सशस्त्र प्रहरी नियमावली बाधक भएपछि सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका छन्।

डिआईजीको सरुवाः मेट्रोमा थापा, सिआइबीमा शाही र अख्तियारमा ज्ञवाली

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले पाएका छन्। थापा यसअघि प्रहरी प्रवक्ता थिए। एसएसपीबाट भर्खरै डिआइजीमा बढुवा भएका थापाले मेट्रोको जिम्मेवारी पाएका हुन्।

यात्रुसँग लिइएकाे बढी भाडा ट्राफिकद्वारा फिर्ता

दसैंको मौका छोपेर यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने यहाँका २ सवारी साधनलाई कारबाही गरी यात्रुबाट लिइएको बढी भाडा फिर्ता दिलाइएको छ।

विष्ट र भट्टलाई बर्खास्तको तयारी

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धान प्रक्रियामा राज्यलाई ‘मिस गाइड’ गरेको ठहर गर्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ।

संघीय सरकारले अप्ठेरो पारे सहन्नौंः मन्त्री यादव

संघीय सरकारको आग्रहलाई उपेक्षा गर्दै प्रदेश २ को प्रदेशसभाले पारित गरेको प्रदेश प्रहरी सेवासम्बन्धी ऐन तीन महिनाभित्र कार्यान्वयनमा आउने दाबी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दाबी गरेका छन्।

तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्