२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुमिनाको ‘बदनामको दाग लगाई’

धनकुटा मुगाकी गायिका सुमिना बराइलीको ‘बदनामको दाग लगाई’ बोलको गीत सार्वजनिक भएको छ। सानै उमेरदेखि गीत गाँउदै आएकी सुमिनाले ‘दिए मन तिमीलाई, दियौ सयौं चोट’ बोलको गीत यसअघि नै सार्वजनिक गरिसकेकी छन्।

प्रधानमन्त्रीको प्रश्नः जनताले मन नपराएपछि गीत हटाएछन्, सरकारलाई किन दोष?

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत हटाउनमा सरकारले कुनै दबाब नदिएको दाबी गरेका छन्। बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले मन नपराएपछि गायक आफैंले गीत युट्युवबाट हटाएको दाबी गर्दै विना कारण सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाए।

लोकतन्त्रको लय

लोकगायक पशुपति शर्माको रातारात लोकप्रिय बनेको गीत ‘लुटन सके लुट कान्छा’ विरुद्ध प्रयोग गरिएको सत्ताशक्तिले हाम्रो स्वतन्त्रतामाथिका खतरालाई उजागर गरेको छ। लोकतन्त्रको मेरुदण्ड भनेकै अभिव्यक्ति स्वतन्त्रता हो।

‘भ्रष्टाचार विरोधी गीतलाई प्रोत्साहन गर्नुपर्छ’

लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को भिडियो सार्वजनिक भएपछि यसको चर्चा चुलिएको छ। सामाजिक सञ्जाल, सडक हुँदै संसद्सम्म गीतले स्थान पाएको छ। श्रोता तथा दर्शकले गीतको विषयबस्तु भन्दा पनि त्यसमा प्रयोग गरिएको शब्द प्रति ध्यान दिएका छन्। कतिपयले गीतलाई राम्रो भनी तारिफ गरेका छन् भने कतिपयले शब्द छनौंट गलत भएको जनाएका छन्।

नेपाल आएका भारतीय गायक सोनु निगम अस्पताल भर्ना, उडान रद्द

चर्चित भारतीय गायक सोनु निगम अस्पताल भर्ना भएका छन्। एक सांगीतिक कार्यक्रमका लागि आइतबार नेपाल आएका निगमको ढाडमा अत्याधिक दुखाई भएपछि दिउसो एक बजे नर्भिक अस्पताल भर्ना भएका हुन्। केही बेरमा उनको ढाडको एमआरआइ गरिने नर्भिकका नायब महाप्रबन्धक संस्थागत संचार आरपी मैनालीले नागरिक न्युजलाई जानकरी दिए।

पलेँटीकाे कमब्याक

नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि शुरु हुने भएको छ। लामो अन्तरालपछि शुरु हुनथालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी  नेपालयले गराएको छ।

संसदमा सत्ता र प्रतिपक्षीको जुहारीपछि प्रमोद खरेलले भनेः गीतमाथि राजनीति बन्द गर्नुस्

गायक प्रमोद खरेलले पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन्। सोमवारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले गीतमा अल्झिनुभन्दा जनताका लागि काम गर्न सुझाव दिए।

संसदमा गायक पशुपति शर्माको गीतलाई लिएर सत्ता र प्रतिपक्षबीच दोहरी

गायक पशुपति शर्माको गीतलाई लिएर संसदमै सत्ता र प्रतिपक्षका सांसदबीच दोहरी चलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले 'लुट्न सके लुट कान्छा..' बोलको गीत गाए बापत गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

टोक्न सके टोक कान्छा, टोक्न सके टोक…

गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसप्रति को चासो झन् बढेर गयो। उनले चार दिन अघि मात्र 'लुट्न सके लुट…'

'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलाेड गर्न प्रतिष्ठानकाे आग्रह

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पशुपति शर्मालाई 'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलोड गर्न आग्रह गरेको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले आफ्नो आधिकारीक धारणा राख्दै उक्त गीत परिमार्जन बिनै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको हो।

माइतीघरमा घन्कियो पशुपति शर्माको गीत (फोटो फिचर)

गायक पशुपति शर्माको 'लुट्न सके लुट कान्छ…' गीत प्रति समर्थन जनाउँदै माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्।

सामाजिक सञ्जालमा पशुपति चर्चा :  'हनुमान चालिसा गाउनु पर्ने ?'

गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्।

सिंगो आकाश छिचोलेका गीतकार

यस्तो लाग्छ, यो गीतको संग्रह (म बिर्सुं कसोरी) बोकेर हिँड्नु भनेको सानो नानीले आमाको औला समाए जस्तै हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो।

‘अदालत’को ‘मिठो बोली’

आगामी फागुन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अदालत’को ‘मिठो बोली’ बोलको गीत सार्वजनिक भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नेकपाका नेता देव गुरुङले सार्वजनिक गरे।

सहायक रजिष्ट्रार पन्थी विरुद्ध मुद्दा

एक लाख घुस सहित पक्राउ परेकी कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध अख्तियारले बुधवार मुद्दा दर्ता गरेको छ। कम्पनी रजिष्ट्रारमा दर्ता भएको निजी स्कुललाई कम कर लगाउने भन्दै उनले घुस रकम मागेकी थिइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्