८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

सुमिनाको ‘बदनामको दाग लगाई’

काठमाडौं – धनकुटा मुगाकी गायिका सुमिना बराइलीको ‘बदनामको दाग लगाई’ बोलको गीत सार्वजनिक भएको छ। सानै उमेरदेखि गीत गाँउदै आएकी सुमिनाले ‘दिए मन तिमीलाई, दियौ सयौं चोट’ बोलको गीत यसअघि नै सार्वजनिक गरिसकेकी छन्। ‘बदनामको दाग लगाई’ मा बुद्दिमान बराइलीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ।

सानै उमेरबाट संगीतमा रमाउने सुमिनाले संगीतलाई नै भविष्य बनाउने योजना बनाएकी छन्। ‘कक्षा पाँचमा पढ्दा विद्यालयमा गीत प्रतियोगीता भएको थियो। त्यसमा म दोस्रो भएकी थिएँ त्यस पछि गीत गाउन झन रहर बढ्यो’, उनले भनिन्।

अन्जु पन्तको ‘टाढा टाढा नजाउँ’ बोलको गीत गाएर दोस्रो भएपछि गायनमा थप उर्जा मिलेको उनी बताउछिन्। हाल उनी व्यवस्थापन विषय लिएर कक्षा ११ मा अध्ययनरत छिन्। ‘संगीतको छुट्टै कक्षा लिएर नेपाल आइडलमा जाने तयारी गर्दैछु’, उनले सुनाइन्। उनले संगीतकार सन्तोष श्रेष्ठले गीत रेकर्डिङका क्रममा रिदममा ध्यान दिनुपर्ने सुझाव दिएपछि आफुले त्यसलाई सुधार्ने कोशिस गरिरहेको बताइन्।

प्रकाशित: १० फाल्गुन २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App