२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गुन्जियो जनवादी गीत

जनवादी गीत संगीतमार्फत परिवर्तनको पक्षमा वकालत गरिरहेका गायक जेवी टुहुरेले सांगीतिक प्रस्तुति दिएका छन्। बुधबार सर्लाहीको हरिवनमा आयोजित ‘निरन्तरता’ नामक कार्यक्रममा उनले एकल प्रस्तुति दिएका थिए।

राई र चेम्जोङले ल्याए पहिलो गीत

प्रहरी हवल्दार विजय मुकारुङ राई र व्यवसायी धिरेन्द्र चेम्जोङले आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गीत सार्वजनिक गरेका छन्। राई र चेम्जोङले सदरमुकाममा आइतबार आयोजित समारोहमा आफ्ना गीतको म्युजिक भिडियोसमेत विमोचन गरे।

पेलाको निर्जन किनार आँशु – ३ गीति एल्बम बिमोचन

गायक तथा संगीतकार तिलकसिंह पेलाको नयाँ गीति एल्बम निर्जन किनार आँशु–३ को विमोचन गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उक्त एल्बमको बिमोचन गरेका हुन्।

चट्याङमा परी ज्यान गुमाएका नेताको स्मृतिमा खेलकुद प्रतियोगीता

खोटाङमा चट्याङ लाग्दा ज्यान गुमाएका एक नेताको स्मृतिमा खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीताको तयारी गरिएको छ। चट्याङ लाग्दा २०७० साल असोज ७ गते राति ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ढकमसेर राईको स्मृतिमा आगामी पुस २६ गतेदेखि २९ गतेसम्म खुला वडास्तरिय भलिबल तथा डबल ब्याडमिन्टन प्रतियोगीता गर्न लागिएको हो।

नाचगान र सांगीतिक प्रस्तुतिसँगै भ्रमण वर्षको सुरूवात

नेपालको संस्कृति झल्कने नाचगान र सांगीतिक कार्यक्रमसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गरिएको छ। बुधबार राजधानीको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष– २०२० को उद्घाटन गरेकी थिइन्।

'दोष कसैलाई दिन चाहन्न...'

दुवै मृगौला फेल भए पनि गीतकार सुक गुरुङ जीवनसंग संघर्ष गर्दै थिए। जीवन जीउने हुटहुटी उनमा थियो। र फेरी उस्तै गीत रचना गर्ने सपना उनका थिए तर नियतिले मनका सबै कुरा कहाँ पुरा गर्न दिन्छ र! फेरी अब कसैलाई दोस दिन नपर्ने गरी सुक गुरुङ आइतबार अस्ताए। अरुण थापाले उनको एउटा गीत गाएका थिए 'दोष कसैलाई दिन चाहन्न, पिउने छु बरु आँखाको आँसु...।'

अस्ताए ‘छेक्यो छेक्यो देउराली डाँडा’ का सर्जक

नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका गीतकार सुक गुरुङको आइतबार निधन भएको छ। पोखरा महानगरपालिकाको लेखनाथका बस्दै ५४ वर्षीय गुरुङ पछिल्लो समय मिर्गौला फेल भएर थलिएका थिए।

युवा संगीत पुरस्कार मीना र आशिषलाई

यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार गायिका मीना पोखरेल निरौला र आशिष अविरललाई प्रदान गरिएको छ। राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहितले पुरस्कृत गरिएको थियो।

‘नारायणगोपालसँग मैले गीत गाइनँ’

नेपाली संगीत क्षेत्रकी एक हस्ती शान्ति ठटालको जन्म भारत, दार्जिलिङस्थित चोक बजारमा भएको हो, ४ अप्रिल १९३८ मा, बाबु मनुसिंह ठटाल र आमा चन्द्रमायाको कोखबाट। उनका पिता आर्य समाजी थिए। त्यसैले शान्तिले सानैदेखि भजन–कीर्तन गाउँथिन्। उनी भन्छिन्, ‘हाम्रो परिवारका सम्पूर्ण सदस्यलाई कला र संगीतका बारेमा केही न केही ज्ञान थियो, तर यो क्षेत्रमा पूर्ण रूपमा लाग्ने म मात्रै हुँ।

मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु

खोटाङको दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ। १ नम्बर प्रदेशभित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिँदै नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको हो।

घाँस र गुलाब

तिब्बतमा एक जना बुद्ध व्यक्ति थिए । उनको नाम थियो, मिलारेपा । उनले एउटा छोटो गीत लेखेका छन् । त्यस गीतमा एउटा सानो बगैँचा छ ।

अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीतामा दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

खोटाङमा आयोजित तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताको उपाधि दिक्तेल इंलिस बोर्डिङ स्कुलले जितेको छ। शनिबार माटिकोरे खेलमैदानमा भएको फाईनल खेलमा सरस्वती नमूना माबि दिक्तेललाई १ काविरुद्ध ४ गोल गर्दै दिक्तेल इंलिस बोर्डिङ स्कुलले उपाधि उचालेको हो।

राजालाई गीत फुराउने बन्दीपुरे गाउँ

यो गीत राजा महेन्द्रद्वारा रचिएको थियो । प्रकृति, राष्ट्रप्रेम र प्रेमिल शब्दमा गीत लेख्न रुचाउँथे रे महेन्द्रले । जसै उनी बन्दीपुर पुगे फुरिहाल्यो रे गीत । मोटरबाटो नपुगेको गाउँमा घोडा चढेर, बोकिएर अथवा हिँड्नुको विकल्प थिएन । समुद्री सतहदेखि एक हजार ३० मिटरको उचाइमा रहेको बन्दीपुर । काठमाडौंबाट १ सय ४७ किमी पर छ गाडीमा जाँदा । राजा महेन्द्र त्यहाँ पुग्दा गाडीको सुविधा थिएन । डुम्रेबाट आठ किमी सडक बनेको त भर्खरै एक दशक त नागेको छ ।

संगीत र शरीर

संगीतले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति विकाश गर्छ। संगीत शरीरका लागि मात्रै होइन, आत्माका लागि पनि वरदान हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्