२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

गुन्जियो जनवादी गीत

सर्लाही – जनवादी गीत संगीतमार्फत परिवर्तनको पक्षमा वकालत गरिरहेका गायक जेवी टुहुरेले सांगीतिक प्रस्तुति दिएका छन्। बुधबार सर्लाहीको हरिवनमा आयोजित ‘निरन्तरता’ नामक कार्यक्रममा उनले एकल प्रस्तुति दिएका थिए।

हरिवन नगरपालिका–५न्द्वपीडित बालगृह परिसर उनले सांगीतिक प्रस्तुति दिएका थिए। उनले ‘आमा दिदी बहिनी’, ‘खेताला गयो’, ‘पानी चल्दैन रे’ र ‘आमा तिम्रो माया’ लगायत गीत प्रस्तुत गरेका थिए। समाजमा रहेको छुवाछुत र दमन, बेचिएका चेलीका कथा र वैदेशिक रोजगारीमा खटिएका युवाहरूको कथामा आधारित गीत संगीतमा सर्लाहीबासी झुमेका थिए।

पञ्चायत कालमा गाउँ–गाउँमा जनवादी गीत गाउँदा आइपरेका समस्याको अनुभव सुनाउँदै उनले गीत गाउँदा उपस्थित दर्शकहरूमा सन्नाटा छाएको थियो। जेवी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेका अनुसार सो सांगीतिक कार्यक्रम स्थानीयहरू प्रोत्साहन गर्न आयोजना गरिएको थियो।

प्रकाशित: २ माघ २०७६ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App