५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाँदर नियन्त्रण गर्न बजेट दिने घोषणा

बाँदरले अन्नबाली नोक्सान गरेपछि हैरान भएका अन्नपूर्ण गाउँपालिकाका बासिन्दालाई गण्डकी प्रदेशका सदस्य राजीव पहारीले बाँदर धपाउने गरी बजेट व्यवस्थापन गरिदिने आश्वासन दिएका छन्।

बाँदरले हैरान किसान

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका क्षेत्रमा बाँदर आतंक बढेको छ। गाँउपालिकाका बेंसीगाँउ, पोखरे, खाल्ले, ठाटिडाँडा, पुरानागाँउ, जुकेपानी, खाल्पा, थामडाँडा लगायतका ठाँउमा बाँदरको आतंक बढेको हो। बाँदरले खेतबारीका आलु, मकै, धान, गँहु लगायतका बालीनाली अन्नबाली खाएर सखाप पार्ने गरेको पीडित स्थानीयले बताएका छन्। पहिले खेतबारीका बालीनाली मात्र नष्ट गर्ने बाँदर अहिले घरभित्रै पसेर खाद्यान्न खान थालेको स्थानीयको भनाइ छ।

चार दिनमा ५६ बाँदर समातिए

राष्ट्रिय निकुञ्जमा पुर्‍याउने गरी खोटाङमा चार दिनमै ५६ वटा बाँदर समातिएको छ। निकुञ्जमा पुर्‍याएर छाड्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट भारतीय शिकारीमार्फत फागुन ७ गतेदेखि बाँदर समात्न थालिएको हो। भारतीय शिकारीले जंगलमा जाल थापेर शनिबारसम्ममा ५६ बाँदर समातेको नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए।

खोटाङमा बाँदर समाऔँ अभियान

भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ। केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्‍याउन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो।

बाँदर समात्न थाले भारतीय सिकारीले

नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा बाँदर समात्न थालिएको छ। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पुर्याउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाऊ अभियान’ थालिएको हो।

बाँदर समात्न खोटाङ आइपुगे भारतीय सिकारी

बाँदर समात्न भारतको उत्तरप्रदेशबाट खोटाङ झिकाइएका सिकारीलाई स्थानीयले स्वागत गरेका छन्। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समात्न भारतको खुसीनगरबाट आएका नौ सिकारीलाई शुक्रबार दिक्तेलमा सम्मान गरिएको हो।

एउटा बाँदर समाते दुई हजार

खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्याउने तयारी गरिएको छ। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप पारेर हैरान बनाएपछि बाँदरलाई भारतीय पेसेवर सिकारीको सहयोगमा समातेर राष्ट्रिय निकुञ्जमा लगी छाड्ने तयारी थालिएको हो।

एम्बुलेन्स किन्न जुटे बाँदरझुलावासी

माडी नगरपालिका–९ को बाँदरझुलाका बासिन्दा एम्बुलेन्स किन्न रकम संकलनमा जुटेका छन्। गाउँवासी बिरामी हुँदा अस्पताल लैजान समस्या हुने गरेकाले एम्बुलेन्स किन्न स्थानीयवासी आर्थिक संकलन समिति गठन गरेरै रकम जुटाउन लागिपरेको समिति अध्यक्ष भक्तबहादुर प्रजाले जानकारी दिए।

बाँदरले खेत बाँझो

दशरथचन्द नगरपालिका–५ नौहाटका सुदर्शन लेखकको खेतबारी पाँच वर्षदेखि बाँझै छ। खेतमा गहुँ, बारीमा सुन्तला, जुनार, अमिलोलगायत फलफूल थिए, तर बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो राख्न बाध्य छन्। लेखक मात्र होइन सदरमुकाम वरपरका धेरै किसानले खेत बाँझो छोड्न बाध्य भएका छन्।

खोटाङमा ‘बाँदर धपाऊ’ अभियान

बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन्। बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण केपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मीलगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर उक्त अभियान थालेका हुन्।

बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन्। “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क गर्‍यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,” वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आले भने।

बाँदरले हैरान खोटाङका किसान

‘चुनावका बेला घोषणापत्रमै बाँदर नियन्त्रण गर्छौं भनेका थियौं तर यो काम सजिलो रहेनछ। अहिले आफ्नो घोषणापत्रले आफैंलाई अप्ठ्यारो पारिरहेको छ।’

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो। त्यसपछि बालकलाई झुन्ड्याउँदै बाँदर छिमेकीको घरको छतमा पुग्यो र बालकलाई खसालिदियो। बाँदरले घाइते बनाएका ती बालकको स्थानीय अस्पतालमा पुर्याउँदा निधन भयो।

बाँदरमुढेमा पार्क बनाउँदै माडी नगरपालिका

माडी नगरपालिकाको बाँदरमुढेले सशस्त्र द्वन्द्वको समय सम्झाउँछ। बाँदरमुढे त्यही ठाउँ हो जहाँ यात्रु बोकेर गुडिरहेको बस विस्फोटमा परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्