२७ पुस २०८१ शनिबार
image/svg+xml

हिमाली जिल्लामा चुनावी सरगर्मी बढ्यो

सदरमुकाममा व्यावसायिक खेती गरेर बसेका नेकपा (माओवादी केन्द्र)का निवर्तमान जिल्ला सचिव सागर किराती एक हप्तादेखि आफ्नै गाउँ बुङमा छन्। स्थानीय निकायको चुनाव घोषणा भएलगत्तै गाउँ गएका किराती अहिले स्थानीय निकाय चुनावको अभियानमा व्यस्त छन्।

बल्ल देखिन थाले हिमाली जटायु

लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन्।

काठमाडौंमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान हल्का वर्षा हुँदा चिसो बढेको अनुभव गरिएको हो। बिहीबारदेखि काठमाडौंको आकास धुम्म देखिएको थियो।

हिमाली क्षेत्रमा बास फेर्दै चितुवा

केही दिनअघि हिमालपारिको जिल्ला मनाङमा चितुवासँग सम्बन्धित दुई नयाँ प्रमाण भेटिए– उच्च हिमाली क्षेत्रमा सामान्य चितुवा र घना जंगलमा हिमचितुवा। चितुवा प्रजातिका यी दुई प्रमाण वन्यजन्तु क्षेत्रमा अनौठा मानिन्छन्।

हिमाली पदयात्रा गर्ने पर्यटक बढे

हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् ।

हिमाली गाउँ लिमीमा फक्रँदो लोकतन्त्र

देशमा स्थानीय चुनाव हुन नसकेको झन्डै डेढ दशक भयो, उपल्लो हुम्लाको हिमाली गाउँ लिमीका बासिन्दा भने ५–५ वर्षमा आफैं स्थानीय चुनाव गर्छन्, गाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत पदाधिकारी चुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्