२० आश्विन २०८१ आइतबार
image/svg+xml

लोकसेवाको रिटमाथि सुनुवाइ बाँकी

सर्वत्र चासोको विषय बनेको आयोगको विज्ञापनको पक्ष र विपक्षमा परेका रिट निवेदन एकैसाथ राखेर सुनुवाइ भैरहेको छ।

बहस नसकिएपछि एनसेल मुद्दा ‘हेर्दाहेर्दै’मा

एनसेलको पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दामा मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताए ।

पुलको सार्वजनिक सुनुवाइमा ठेकेदार अनुपस्थित

साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने तावा खोलाको पुलको विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी नै अनुपस्थित भएका छन्। ठेक्का सम्झौता भएको वर्ष दिन बित्न लागेकाले साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने पुलको विषयमा प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरले आयोजना गरेको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी अनुपस्थित भएका हुन्।

‘सर्वोच्चको कुर्सीमा सुहाउने न्यायाधीश पठाउनुस्’

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित केही न्यायाधीशको योग्यतामाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्चको कुर्सीमा सुहाउने न्यायाधीश पठाउन आग्रह गरेका छन्। बुधबार सुनुवाइ समितिमा परेको उजुरी छलफलमा उजुरीकर्ताले प्रस्तावित न्यायाधीशका योग्यतामा प्रश्न उठाएका हुन्।

प्रमुख निर्वाचन आयुक्तमा थपलिया अनुमोदित

संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई अनुमोदन गरेको छ। समितिको बुधवारको बैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको हो।

समितिमा प्रस्तावित थपलिया र ओझामाथि सुनवाइ हुँदै

संवैधानिक परिषदबाट निर्वाचन आयोगको प्रमुखमा सिफारिस भएका दिनेशकुमार थपालिया र समावेशी आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझामाथि आज सुनवाइ हुँदैछ।

सुनुवाइ समितिले ११ उजुरीकर्तासँग छलफल गर्दै

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट निर्वाचन आयोगको प्रमुख र सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव भएका न्यायाधीशका लागि उजुरी दिने उजुरीकर्तासँग बुधबार छलफल गर्ने भएको छ।

प्रधानन्यायाधीश राणाको ‘हीरा’मा देखिएन ‘खोट’

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको ‘कोटा’मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै लिखित उजुरी नपरेको पाइएको छ।

संसदीय सुनुवाइ बुधबारदेखि

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले दुई संवैधानिक आयोगका पदाधिकारी र सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश भएका गरी सात जनामाथि बुधबारदेखि सुनुवाइ गर्ने भएको छ।

थपलियाविरुद्ध पाँच उजुरी

संवैधानिक परिषद्बाट प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाविरुद्ध पाँच उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले गत चैत २० देखि उनीविरुद्ध उजुरी आह्वान गरेको थियो। थपलियाविरुद्ध कर्मचारीबाटै धेरै उजुरी परेका छन्।

सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिलाई प्रश्नको ओइरो

गाउँपालिकामा १५ शड्ढयाको अस्पताल कहिले बन्छ ? प्रतिगोटा ५० हजार रुपैयाँमा बोयर बोका खरिद गरिएको रहेछ, ती बोका कत्रा छन् ? हामीलाई देखाउनु प-यो।’ यो प्रश्न दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीका भक्तराज दाहालको हो।

न्यायाधीश सम्मेलनमा रेजा पहल्वी

‘मेरा सल्लाहकारले म र मेरा जनताबीच पर्खाल खडा गरेका थिए। के हुँदैछ भन्ने मैले थाहै पाइन। जतिबेला म ब्युँझिएँ त्यतिखेर मैले मेरा जनता गुमाइसकेको थिएँ’– इरानका अन्तिम राजा मोहम्मद रेजा पहल्वीको यो भनाइ यसपटक न्यायाधीश सम्मेलनको अन्तिम दिन सम्झनामा आएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आफू पदमा हुँदै सचेत भएर काम गर्न न्यायाधीश प्रकाश राउतले सुझाव दिँदै यो भनाइ उद्धृत गर्दा समारोहमा तालीको गड्गडाहट सुनियो। यसबाट राणालाई पक्कै प्रभाव परेको हुनुपर्छ। मोहम्मद रेजा शाहका नामले समेत चिनिने यिनी सेप्टेम्बर १६, १९४१ मा राजा भएका थिए। उनलाई इलामिक क्रान्तिले फेब्रुअरी १९७९ मा सत्ताच्युत गरेको थियो।

प्रस्तावित न्यायाधीशमाथि उजुरी आह्वान

न्यायपरिषदबाट सिफारिस भएका सर्वोच्च अदालतका पाँच प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिएको छ। बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शुक्रबारबाट उजुरी दिनका लागि दस दिनको समय तोकेको छ।

प्रस्तावित न्यायाधीशको सुनुवाइका लागि बैठक बस्दै

न्यायपरिषदबाट सिफारिस भएका सर्वोच्चका पाँचजना न्यायाधीश विरुद्ध उजुरी दिन शुक्रबारबाट दस दिनको समय तोक्ने तयारी भएको छ। संसदीय सुनुवाइ समितिले मंगलबार न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका पाँच न्यायाधीशविरुद्ध उजुरीको समय तोक्नका लागि बिहीबार बिहान बैठक बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्