२० आश्विन २०८१ आइतबार
image/svg+xml

मकवानपुरको सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

आज जिल्लाभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प गरेर चिकित्सकहरूले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

नेपाल चिकित्सक सङ्घद्वारा आन्दोलन घोषणा

नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकमाथि कुटपिट

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.प्रसान्त बिडारी र डा.विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला केही समूहले साङ्घातिक आक्रमण गरेका हुन्।

घुम्न जान मन छ ? साथी बन्न सक्छ हेटौंडा हाइकर्स

घुम्न मन पराउने युवाहरुले आफ्नो समूहको नाम हेटौंडा हाइकर्स राखे। यसरी सुरु भएको हेटौंडा हाइकर्स टिमसँग अहिले धेरै युवाहरु जोडिएका छन्।

नक्कली नोटसहित हेटौँडामा तीन जना पक्राउ

हेटौंडाबाट ९५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले रौतहट जिल्लाको कटहरिया नगरपालिका ६ नम्बर वडाका १९ वर्षका धर्मेन्द्र महरा, कटहरिया नगरपालिका १ का २१ वर्षका दिपेश दास र मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका २ नम्बर वडाका ४० वर्षका विजय तामाङलाई पक्राउ गरेको हो ।

आफ्नै संवेदनशील अंग काटेर अस्पताल पुगे एक युवा

मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

हेटौँडा काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा भैँसे भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो।

डेंगुबाट हेटौँडामा एक जनाको मृत्यु

डेंगु रोगको सङ्क्रमणबाट हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौँडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

हेटौँडा औद्योगिक क्षेत्रमा १०५ वटा उद्योग सञ्चालनमा

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक एक सय पाँच वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन्।

इलाम अन्तुमा हेटौंडा उपमहानगरका सवारी चालक मृत फेला

सूर्याेदय नगरपालिका–४, अन्तुभञ्ज्याङको एक होटलमा हेटौंडाबाट आएका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।

अनियमितता गरेको भन्दै हेटौंडा १८ नं वडामा ताला

बजेट बाँडफाँटमा अनियमितता गरेको भन्दै स्थानीय युवाहरुले वडा कार्यालयमा सोमबार दिउँसो तालाबन्दी गरेका हुन्।

सडक विस्तारमा सहयोग गर्ने हेटौंडा उपमहानगरको निर्णय

डिभिजन सडक कार्यालय हेटौंडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुर क्षेत्रको सडक विस्तारको सूचना सार्वजनिक गरेसँगै हेटौंडा उपमहानगरपालिकाले यसमा सहयोग र सहजीकरण गर्ने निर्णय गरेको छ।

हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड

आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ।

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ६० करोड

आर्थिक वर्ष २०८०/८१ का लागि हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्