१ आश्विन २०८१ मंगलबार
image/svg+xml

यसरी जोगिन सकिन्छ चाया—पोतोबाट

पोतोलै हैरान बनाएको छ ? हैरान बनाए पनि तनाव भने लिनु हुन्न । तनावले ठीक हुँदैन, तनावले त यो समस्या झन् बढाउँछ।

रसुवालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’

पूर्ण रसुवालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने ११ थरीका खोप पाएका कारण पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।

यस्तो बेलामा यौन सम्बन्ध नराखौं

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ। कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न।

अस्ट्रेलियाको हजारौं स्वास्थ्यकर्मी आन्दोलित

अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गरेको समाचारमा जनाइएको छ।

बाढी पहिरोको समय यसरी अपनाउनुस् स्वास्थ्य सजगता

नेपाल बाढी, पहिरो, महामारी, मौसमको अनुकुलता तथा भूकम्प जस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश हो। भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ।

पूर्वउपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा. बीपी दाससहित ८ जनामाथि बिशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विभिन्न उपकरण(वस्तु) तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरेको हो।

स्वास्थ्यप्रति चनाखो बन्दै दुर्गमका गर्भवती

पहिले गोठमा सुत्केरी हुने र हप्ता दिनसम्म गोठमै बस्ने चलन थियो। जसकारण गोठमा रहेको फोहोरले आमा र बच्चाको स्वास्थ्यमा संक्रमण हुने खतरा हुन्थ्यो। तर, अहिले त्यो अवस्था छैन।

‘मेरो वर्ष २०७६’ सुरु

‘समृद्ध दुप्चेश्वर निर्माणमा म, मेरो र दुप्चेश्वरवासीको स्वास्थ्यप्रति जिम्मेवार रहन्छु’ भन्ने नारासहित दुप्चेश्वर गाउँपालिकामा ‘मेरो वर्ष २०७६’ सुरु भएको छ। मानिसको जीवनशैलीका कारण नसर्ने रोगको उच्च प्रकोप रहेकाले त्यसलाई नियन्त्रण गर्न मेरो वर्ष सुरु गरिएको हो। समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचार खर्चको भार वृद्धिका साथै अकालमा मृत्यु र अपांगताको समेत वृद्धि भएकाले गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले यो अभियान सुरु गरेको हो।

दिनभर रेकी, मध्यराति मुचुल्का

अख्तियार टोली दिउँसो कार्यालय समयदेखि नै प्रतिष्ठान पुगेको थियो। दिनभर उपकुलपति कार्यालयलाई रेकी गरेर बसेको टोलीले घुसबापतको पैसा रौनियारले बुझेको निश्चित भएपछि मात्र कार्यालय समय सकिनुअघि छापा मारेको थियो।

'भेन्डर फेर्ने सपना नदेखे हुन्छ, भोलि होइन आजै मलेसिया रोजगारी सुचारु गरौँ'

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसिया रोजगारी बन्द गर्नुपर्ने कारण नभएको भन्दै तत्काल नेपाली कामदार जाने प्रक्रिया सुचारु गर्न नेपाल सरकार सँग आग्रह गरेका छन्।

अस्पतालबाटै शिशु चोरीः ‘फोन कल’ले फेला पार्‍याे शिशु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूति वार्डबाट नवजात शिशु चोरी भएको छ। चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ।

उपचार खाेज्न प्रदेशबाहिर

गौरीगंगा नगरपालिका–७ मटुकौनाका रणबहादुर बमले छोरी राधिकाको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए। डाक्टरले चार दिन अस्पतालमै राख्दा पनि रोगको निदान हुन सकेन। अन्ततः उपचार सम्भव नभएको भन्दै बिरामीलाई भारतको लखनउ रेफर गरियो। त्यहाँ रणबहादुरले ६० हजार भारतीय रुपैयाँ खर्च गर्दा पनि उपचार सम्भव भएन। केही सीप नलागेपछि एम्बुलेन्स रिजर्भ गरेर लखनउबाटै उनले बिरामी छोरीलाई बाँकेको कोहलपुर पु¥याए। कोहलपुरमा ४० हजार रुपैयाँमै राधिकाको उपचार सम्भव भयो।

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क असुलेको ठहर गरेको छ। समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले निजी मेडिकल कलेजहरूले सरकारद्वारा तोकिएभन्दा बढी शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरेको निष्कर्षसहित गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदन तयार पारिरहेको हो।

कामविहीन भए जनस्वास्थ्यका कर्मचारी

धनुषास्थित जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी कामविहीन भएका छन्। संघीय संरचना अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने कामको जिम्मेवारी प्रदेश र स्थानिय तहमा सरेपछि कर्मचारी कामविहीन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्