१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हेटौंडामा ‘म्युजिकल नाइट’

नेपालको सातै प्रदेशमा गरिने म्युजिकल नाइटको सुरुवात हेटौंडाबाट गरिने भएको छ । हेटौंडामा हुने  म्युजिकल नाइटका लागि संगीत, फिल्म र हास्य क्षेत्रका कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नेछन् । नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले म्युजिकल नाइटको आयोजना गर्दै उद्योग वाणिज्य महासंघको दैवी प्रकोप राहत तथा उद्धार कोषमा रकम संकलन गर्न लागेको हो ।

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ।

हेटौंडा गोल्डकपमा ८ टोली

हेटौंडा टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको तेस्रो संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले गर्ने प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजनका तीन क्लब र एक विदेशी क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा गत वर्ष १० टोलीले भाग लिएका थिए ।

आशा जगाए उदयपुर र हेटौंडा सिमेन्टले

नेपाल औषधि लिमिटेडपछि उदयपुर र हेटौंडा सिमेन्टले प्रगतिपथमा लम्कने संकेत देखाएका छन्।

हेटौँडामा कांग्रेस-माओवादी गठबन्धन तोडेर एमाले बिजयी

हेटौंडा उपमहानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तोड्दै एमालेले जितेको छ। मेयरमा एमालेका हरिबहादुर महत र उपमेयरमा एमालेकै मीना लामा बिजयी भएका छन्।

हेटौँडामा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा

एमालेले २ पटक लगातार जितेको हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मतगणनाको शुरुमा एमालेले अग्रता लिएपनि पालैपालो अग्रता लिने क्रम जारी छ।

पत्रकार न्यौपाने हेटौंडाको वडा अध्यक्ष निर्वाचित

हेटौँडा उपमहानगरपालिका १ को वडा अध्यक्षमा पत्रकार सविन न्यौपाने बिजयी भएका छन्। उनी हेटौँडाबाट प्रकाशित हुने साझाकुरा दैनिकका प्रकाशक/ सम्पादक हुन्। काँग्रेस निकट नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष रहेका न्यौपाने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व सहसचिव समेत हुन्।

हेटौँडामा मतगणना शुरु, थाहामा एमाले अगाडि

हेटौंडा उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । गएराति बसेको सर्वदलीय बैठकले बिहान ७ बजेबाट मतगणना गर्ने निर्णय गरेपनि ढिलागरी मतगणना सुरु भएको हो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले राजनीतिक दलका प्रतिनिधि आउन ढिला गरेकाले मतगणना करिब साँढे नौ बजेबाट शुरु भएको बताए ।

हेटौंडाका मेयर आकांक्षीद्वारा पहिचान पुनःस्थापित गर्ने घोषणा

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा हेटौंडा उपमहानगरपालिकामा मत आफ्नो पक्षमा पार्न राजनीतिक दल अन्तिम चरणको प्रचारमा जुटेका छन्। ७२ घन्टे मौन अवधि सुरु हुनुअघि नै दलहरु मतदातानजिक पुग्न तीव्रताका साथ लागेका छन्।

हेटौँडामा सिलिन्डर बम विस्फोट

हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बजाज आरई अब हेटौंडामा

नेपालमा बजाज आरई थ्री ह्विलर (टेम्पु) बिक्री गर्नेे अधिकृत विक्रेता हंसराज हुलासचंदले हेटौंडामा नयाँ सोरुम होराइजन अटो प्रालि स्थापना गरेको छ । नयाँ सोरुमले बजाज आरईका स्पेयर पार्टस् तथा एसेसरिजका लागि सहजता प्रदान गर्नुका साथै एचएच बजाजको बिक्रीलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

एमाले अभियान हेटौंडाबाट शुरू हुन्छ, राेकिँदैनः अाचार्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले आफ्नो पार्टीले २७ गतेबाट हेटौंडाबाट आफ्नो अभियान सुरु गर्ने बताएका छन्।

डि सिने अवार्ड हेटौंडामा

'डि सिने अवार्ड' वितरण कार्यक्रम यसपटक हेटौंडामा गरिने भएको छ। छायाछवि क्रिएसनले काठमाडौंमा आयोजना गर्दै आएको अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा गरिएको थियो। डिजिटल फर्म्याटलाई आधार मानेर प्रारम्भ गरिएको अवार्डका लागि स्थानीय सुशान्त श्रेष्ठको संयोजनमा आयोजक समिति गठन गरिएको छ।

उल्टो मिटर घुमाउने कर्मचारी खोज्दै प्रहरी टोली हेटौंडामा

महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजात नियन्त्रणमा लिएको छ।

त्रिविले हेटौँडामा भर्ना लिन नपाउने

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्