६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बजाज आरई अब हेटौंडामा

काठमाडौं – नेपालमा बजाज आरई थ्री ह्विलर (टेम्पु) बिक्री गर्नेे अधिकृत विक्रेता हंसराज हुलासचंदले हेटौंडामा नयाँ सोरुम होराइजन अटो प्रालि स्थापना गरेको छ । नयाँ सोरुमले बजाज आरईका स्पेयर पार्टस् तथा एसेसरिजका लागि सहजता प्रदान गर्नुका साथै एचएच बजाजको बिक्रीलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ । 

नेपालमा स्वरोजगार सिर्जना गर्न, विश्वको नम्बर १ थ्री ह्विलर ब्रान्ड, बजाज आरई नेपालभर बिक्री हुँदै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । बजाज आरईमा गरिएको लगानीले यसको पहिलो दिनदेखि नै वित्तीय फाइदा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीको मुख्य नारा ‘एउटा यस्तो लगानी जसले गर्दछ सुरुको दिनदेखि नै आम्दानी’लाई सार्थक पार्ने विज्ञप्तिमा छ ।

प्रकाशित: १८ वैशाख २०७४ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App