२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सत्ता उन्मादको बाटोमा नहिँड्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

चिकित्सा शिक्षा अध्यादेश तुहाइएको भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै रिजालले यो कांग्रेसलाई अस्विकार्य भएको बताए। उनले विद्येय फिर्ता लिन आग्रह गरे।

प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक : विवेकशील साझा

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र हठ खेदजनक रहेको बताएको छ।

डा. केसीका मागमा प्रधानमन्त्री कठोर

प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन्।

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई हिजो क्यानडा उड्न लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइयाे । गार्डरुममा एक घन्टा राखेर एक कप चिया खुवाएर घर पठाइयाे । कोइरालाको उडान समय टलेपछि बालुवाटारबाट उनलाई घर पठाइयाे। एअरपोर्टबाट उनको ब्यागेज सहयोगीलाई दिएर कोइरालाकै घर पठाइयाे।

प्रधानमन्त्री ओली जनता तर्साउँदै छन् : नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले जनतालाइ तर्साएर देशलाइ एकाधिकारवा र निरंकुशताको बाटोमा लैजान खोजेको आरोप लगाएका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन्।

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- ‘लोकतन्त्र एस, छाडातन्त्र नो’

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा छाडातन्त्र अस्वीकार्य भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विरोध प्रदर्शनका नाममा अरुलाई दुःख दिने काम अब रोकिने बताए।

विनोद चौधरीलाई प्रधानमन्त्रीको घोचपेच !

‘सरकारको समानतासहितको समृद्धिको योजनाले केही मानिसहरु तर्सिएका छन्। हामी धनी भएको के काम भयो भनिरहेका छन्। सबैले पढ्न, खान लाउन पाए भने हामीले सान कसरी देखाउने भन्ने पीर देखा परेको छ’, शुक्रबार नेपाल उद्योग परिसंघको १५ औं साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति हो यो।

भ्रष्टाचारविरूद्ध कठाेर महाथिर : पूर्वप्रधानमन्त्री रज्जाक पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

रेल आउँछ भनेर भुईंमा नटेकी आकाश हेरेर नबस्न प्रधानमन्त्रीलार्इ भट्टरार्इकाे अाग्रह

पूर्व प्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का सांसद डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आकाशमा हेरेर जमिन नछाड्न सुझाव दिएका छन्।

प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ।

गाडी चढ्दैमा अधिनायकवादी भइदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताएका छन्।

समाजवादको यात्रालाई कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरुको पूर्वप्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन्।

प्रधानमन्त्री फर्किंदा विमानस्थलमा यात्रुको विचल्ली

प्रधानमन्त्री केपी ओली एक साता लामो चीन भ्रमण सकेर आइतबार काठमाडौं अवतरण गर्दा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आधादेखि पौने घन्टासम्म सम्पूर्ण उडान–अवतरण अवरुद्ध हुन पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्