३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बेलायतकी प्रधानमन्त्री थेरेसा मेद्वारा राजीनामा दिने घोषणा

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी प्रधानमन्त्रीमा रहिरहने छन्।

प्रदेश २ माथि आर्मीकाे सहज जित

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं २ माथि १ सय ७१ रनकाे सहज जीत निकालेको छ।

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

पटकपटक आयोजना मिति सारेको राखेपले प्रतियोगिता सुरु हुने एक दिनअघि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रतियोगितास्थल नै परिवर्तन गरेको छ।

मोदीलाई प्रधानमन्त्री ओलीको वधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई ज्ञापन गरेका छन्। लोकसभा निर्वाचनमा एक बहुमत प्राप्त गर्ने संकेत गरेका मोदीलाई निर्वाचनको नतिजा अगावै वधाई दिएका हुन्।

आगामी बजेटले देश विकासको गियर बढाउँछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन्। धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै ओलीले भने, ‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ। यसले देश विकासको गियर परिवर्तन गर्छ। देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्याउँछ। तीनमा छ भने चारमा पुग्छ।’

खेतबारी बाँझै राख्ने स्थिति रहनुहुँदैन : उपप्रम पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिको खण्डीकरण गर्न नदिई व्यावसायिक कृषिलाई महत्व दिएर किसानलाई सहुलियत दिइने र स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्रीले दुनियालाई जिस्काउन मिल्दैन : गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगन थापाले संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयक वर्तमान सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको आरोप लगाएका छन्

प्रधानमन्त्री कप क्रिकेट स्थगित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ।

कम्बोडियाली कावा राष्ट्र प्रमुखसँग प्रधानमन्त्री ओलीको के–के भयो छलफल?

कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन्।

यादवमाथि दुर्व्यवहार भयो : समाजवादी पार्टी

नवगठित समाजवादी पार्टी नेपालले पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनबाट आइतबार प्रशारण भएको लाइभ अन्तर्वार्ताका क्रममा दुर्व्यवहार भएको बताएको छ। यादवलाई पत्रकार आचार संहिताविपरीत प्रश्न सोधिएको र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुति रहेको उसको भनाइ छ। पार्टीले उक्त घटनाको को निन्दा र भत्र्सना पनि गरेको छ।

लुम्बिनी भ्रमण गर्न प्रधानमन्त्री ओलीले गरे विश्व समुदायलाई आह्वान

‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीन दिने सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताए।

कमिसनको चक्करमा उपभोक्ता समिति

प्रधानमन्त्री रोजगार निर्देशिकाले स्थानीय विकासमा जनसहभागिताको दायरा फराकिलो पारिदिएको छ। तर त्यो दायरालाई उपभोक्ता समितिहरूले ‘बिचौलिया’ बनेर कमिसन असुल्ने र ठेकेदार पोस्ने हतियार बनाएका छन्। दाङमा १० लाखभन्दा माथिका अधिकांश योजना उपभोक्ता समितिहरूले ठेक्कामा लगाएका छन्।

साना देशप्रति मोह मात्र कि विश्वव्यापी चिनारी ?

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणको अवसरमा नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्ने सम्झौता हुने बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्