७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

खानेपानी नआए पनि शुल्क असुल्नु आपत्तिजनकः प्रमुख शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खानेपानी नआए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले शुल्क र जरिवाना लिइरहेकोमा आपत्ति जनाएका छन्।

काठमाडौं उपत्यकाको फोहोर उठ्ने भयो

सिसडोल ल्याण्डफिल्ड साईटमा भएको फोहोर विसर्जनको अवरोध हट्ने भएको छ। काठमाडौं महानगरपालिका र प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच शुक्रबार भएको छलफलपछि अवरोध हट्ने भएको हो।

आजदेखि बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ। उनले भने, 'केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ।'

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति बढ्नुपर्छ। गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो।

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँच दिनदेखि विच्छेद

६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन्। त्यसले विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रूपमा नोक्सान पुर्‍याएको छ। बुधबार बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ।

धोबीखोला किनारको दुई रोपनी जग्गा कब्जा गर्न फेरि चलखेल

करिब दुई दशकदेखि विवादमा रहेको यो जग्गा सरकारी भएको फैसला सर्वोच्च अदालतले गरे पनि व्यक्तिमा नाममा ल्याउन अहिले फेरि चलखेल सुरु भएको हो। अहिलेको बजार मूल्यअनुसार यो जग्गालाई ३५ करोड रुपैयाँभन्दा बढी पर्छ।

अभद्र व्यवहारमा चलाइएको मुद्दा गलत ठहर

काठमाडौं जिल्ला अदालतले प्रहरीले सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्ने एक व्यक्तिलाई अभद्र व्यवहारमा मुद्दा चलाएर थुनामा राखी जरिवाना गरिनु गलत भएको ठहर गरेको छ। पौडेललाई सफाइ पाउने फैसला गरी लिइएको जरिवाना २ हजार रुपैयाँसमेत फिर्ता गर्न आदेश दिइएको छ।

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँचदिनदेखि विच्छेद

वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरुपमा टुटेको छ । गत शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए । शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।

फोहर व्यवस्थापनमा सहयोग गरिदिन महानगरपालिकाको अनुरोध

फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन्। विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो।

मेलम्चीको पानी आजबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आउने

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ। उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ। पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए।

डढेलोको धुवाँले बिग्रियो काठमाडौंको मौसम

केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलो र आगलागीको धुवाँले मौसम बिग्रिएको विभागले जानकारी दिएकाे छ।

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो।

काठमाडौं मात्र केन्द्रित नहुन सुझाव

सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सेवानिबृत्त भएका भूतपूर्व सेनालाई काठमाडौं केन्द्रित मात्र नभएर गाउँ गाउँमा सेवा गर्न सुझाएका छन्। उनले पछिल्लोसमय भूतपूर्व सैनिक काठमाडौं केन्द्रित हुने गरेको जनाउँदै देशभर छरिएर सेवा गर्न सुझाएका हुन्।

काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा

सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्।

चामल माग्न बझाङबाट काठमाडौं

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको छोरो बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्