१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार भएका एक व्यक्तिलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका कान्छा थापा भनिने रणबहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

फरार अभियुक्त पक्राउ

उदयपुर प्रहरीले ४ वर्षअघि दोषी करार भए पनि भाग्दै आएका एक अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरले ०७३ भदौ २१ गतेको फैसलामा ६ महिना कैद तथा दण्ड जरिवाना तोके पनि भाग्न सफल चौदण्डीगढी नगरपालिका ३ का भिमबहादुर राई पक्राउ परेका हन्।

पत्रकार साह हत्याका अभियुक्तलाई थुनामा राख्ने आदेश

बारा जिल्ला अदालतले पत्रकार वीरेन्द्र साह हत्याकाण्डका अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

फरार अभियुक्त पक्राउ

हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ। हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो।

२१ वर्षदेखि फरार अभियुक्त नागरिकता बनाउन आएपछि...

बालिकामाथि जबर्जस्ती करणी उद्योगका फरार दोषीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। इलाम नगरपालिका–११, सोयाकका ३९ वर्षे सन्तोष एक्तेन नगरपालिकाबाटै पक्राउ परेका हुन्।

वन मुद्दाका दुई फरार अभियुक्त पक्राउ

अदालतबाट दोषी करार भएर फरार रहेका उदयपुरका दुई अभिुक्तलाई प्रहरीले पक्राउ गरेको छ। वन मुद्दामा अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेका त्रियुगा नगरपालिका ३ का २८ वर्षीय अनिल चौधरी र सोही ठाउँका ५१ वर्षीय दुखीलाल चौधरीलाई आइतबार राति पक्राउ गरेकाे हाे।

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ।

१० वर्षदेखि फरार अभियुक्त पक्राउ

उदयपुरमा १० वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। वन मुद्धामा जिल्ला अदालतबाट दुई महिना कैद सजाय सुनाइएका त्रियुगा नगरपालिका २ का ४२ वर्षीय चन्द्रबहादुर सार्की शुक्रबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

१५ वर्षपछि फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा आरोप खेपेर फरार दुईजना १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तार्केश्वर गाउँपालिका–५ का वीरबहादुर लामा (तामाङ) का ४० वर्षीय छोरा सन्तबहादुर तामाङ र सार्की लामाका ३२ वर्षीय छोरा केशव लामा रहेका छन्।

ज्यान मुद्दाका फरार अभियुक्त सार्वजनिक

जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दाका फरार तीन अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

फरार अभियुक्त १५ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा तार्केश्वर गाउँपालिका–५ का सन्तबहादुर तामाङ र केशव लामा रहेका छन्।

वन मुद्धाका फरार अभियुक्त पक्राउ

अदालतबाट दोषी प्रमाणित भए पनि भाग्न सफल यहाँका एक अभियुक्त पक्राउ परेका छन्। वर्षौंअघि वन मासेको आरोपमा पक्राउ परी जिल्ला अदालत उदयपुरबाट दोषी करार भए पनि फरार सूचीमा रहेका उदयपुरगढी गाउँपालिका ७ का ४२ वर्षीय टंकबहादुर मगर आईतबार पक्राउ परेको प्रहरीले जनाएको छ।

एउटै जिल्लामा एघार महिनामा २० हत्या

जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन्। हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तरक्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ।

भेटेनरी डाक्टर बलात्कार प्रकरणः चारै अभियुक्तको ‘प्रहरी इन्काउन्टर’मा मृत्यु

एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगोे लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। भारतको हैदरावादमा हिरासतमा रहेका चार जना आरोपीहरुको इकाउन्टरमा मृत्यु भएको शुक्रबार बिहानै इन्काउन्टरमा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्