उदयपुर- उदयपुर प्रहरीले ४ वर्षअघि दोषी करार भए पनि भाग्दै आएका एक अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरले ०७३ भदौ २१ गतेको फैसलामा ६ महिना कैद तथा दण्ड जरिवाना तोके पनि भाग्न सफल चौदण्डीगढी नगरपालिका ३ का भिमबहादुर राई पक्राउ परेका हन्।
वन मुद्दामा दोषी करार ४९ वर्षीय राईलाई इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनलाई जिल्ला अदालतको जिम्मा दिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय बेलटारका निरीक्षक बुद्धि चौलागाईले बताए।
प्रकाशित: ६ चैत्र २०७६ ०९:०८ बिहीबार