२० भाद्र २०८३ शनिबार
image/svg+xml

बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए) परीक्षणको नमूना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ।

पहिरोले कर्णाली करिडोर अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि पहिलो चरणको प्याकेज स्वीकृत : कर छुटदेखि सस्तो कर्जासम्म

त्यस्तै, बाढीमा क्षति भएका सवारी, ढुवानीका साधन तथा मेसिनरी पुनः खरिद गर्न बैंकबाट कर्जा लिन सकिनेछ। उद्योग तथा व्यापार पुनरुत्थान वा रोजगारी जोगाउन आवश्यक परे तेस्रो पक्षको खातामा सिधै भुक्तानी हुने गरी थप कर्जा दिन सकिने व्यवस्था पनि गरिएको छ।

भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चार जना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन्।

नदी

किन बिग्रियो तिम्रो त्यो मिठो धुन, किन बदलियो तिम्रो त्यो नागबेली आकार? किन बन्यौ यति निष्ठुर, कैयौं मानव जीवन लिएर गयौ।

जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन्।

बाढीपीडितलाई बन्दी बनाएर राखेजस्तो देखियो : आयुश सिंह ठकुरी

ठकुरीले राहत वितरणका लागि बनाइएका होल्डिङ सेन्टरमा रहेका पीडितको अवस्था समेत समस्याग्रस्त रहेको बताए।

ह्यारी-मेघनले अमेरिका छोड्दा खुसी भएका ट्रम्पले भने : म उनीहरूको प्रशंसक थिइनँ

मेघनले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावका क्रममा ट्रम्पलाई ‘विभाजनकारी’ र ‘महिलाविरोधी’ भनेकी थिइन्। त्यसयता ट्रम्पले पनि मेघनको आलोचना गर्दै आएका छन्।

हिमालय क्षेत्रको संकट र ‘ग्लोबल वार्मिङ’

विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु परिवर्तन आजको शताब्दीकै सबैभन्दा घातक मानवीय र वातावरणीय संकट बनेको छ।

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माण गर्न तीनै तहबिच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाललाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ : सांसद कार्की

मलेसियामा आयोजित एसिया-प्रशान्त तथा दक्षिणपूर्वी एसियाका ३० भन्दा बढी देशका सांसदहरूको सम्मेलनमा सहभागी कार्कीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि नेपालले ठुलो क्षति र पीडा भोगिरहेको विषय उठाएकी हुन्।

पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौज गर्ने मान्छे न मुलुकको, न पार्टीको : सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले पीडित नागरिक आक्रोशित हुनु स्वाभाविक भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्