सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु
गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पोसमेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुने क्रम नरोएिको बताएका छन् ।