११ मंसिर २०८१ मंगलबार
image/svg+xml

काठमाडौंमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान हल्का वर्षा हुँदा चिसो बढेको अनुभव गरिएको हो। बिहीबारदेखि काठमाडौंको आकास धुम्म देखिएको थियो।

नेपाल आइडल र हिमालय रोडिज टेलिभिजनमा

नेपाली दर्शकले रुचाएको अन्तर्राष्ट्रिय रुपमा चर्चित दुई रियालिटी सो नेपाली फ्रेन्चाइजका रुपमा दुई नेपाली टेलिभिजनबाट प्रसारण हुने भएको छ।

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

हिमालय एअरलाइन्स्ले जनवरीभित्र दुई नयाँ गन्तब्यहरुमा उडान सेवा विस्तार गर्ने भएको छ। काठमाडौं केन्द्र बनाएर दोहा र कोलम्बो उडान गर्दै आएको कम्पनीले आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ बाट मलेसियाको क्वाललाम्पुर तथा म्यानमारको याङ्गुन उडान गर्ने जनाएको हो।

हिमाली क्षेत्रमा बास फेर्दै चितुवा

केही दिनअघि हिमालपारिको जिल्ला मनाङमा चितुवासँग सम्बन्धित दुई नयाँ प्रमाण भेटिए– उच्च हिमाली क्षेत्रमा सामान्य चितुवा र घना जंगलमा हिमचितुवा। चितुवा प्रजातिका यी दुई प्रमाण वन्यजन्तु क्षेत्रमा अनौठा मानिन्छन्।

आकासबाट हिमाल नियाल्दा (फोटो फिचर)

काठमाडौंको आकास भएर उडान भर्ने आन्तरिक र वाह्य गन्तव्यका जहाजका यात्रुलाई हिमाली दृश्यले रोमाञ्चित बनाउँछ। मानौं यात्रुहरु माउन्टेन फल्लाइटको अनुभव संगाल्दै छन्।

हिमालय ऊर्जाकाे २४ लाख कित्ता सेयर खुल्ने

हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

कोलम्वो उडानका लागि हिमालय एयरलाइन्सको 'एयर इन्ड अफर'

हिमालय एयरलाइन्सले आफ्नो कोलम्बो उडानका लागि 'एयर इन्ड स्पेशल अफर' ल्याएको छ। एयरलाइन्सले क्रिसमस, नयाँवर्ष २०१७ र जाडोकोबिदा–लाई मध्यनजर गरेर कोलोम्बो,श्रीलंकाको लागि यो अफर ल्याएको हो।

चन्द्रागिरिबाट हिमाल नियाल्दा (फोटो फिचर)

सुन्दर प्राकृतिक छटाले भरिएको चन्द्रागिरि शिखरमा पुगेर काठमाडौं उपत्यकालाई नियाल्ने जो कोही प्रकृतिको सुन्दर रचना देखेर आश्चर्य चकित हुन्छन्। न हुन् पनि किन ? कुनै काल्पनिक स्वर्गभन्दा के कम छ र चन्द्रागिरि ? २२/ २४ राज्यहरुलाई जित्दै देश एकीकरणमा निश्किएका पृथ्वीनारायण शाहले चन्द्रागिरि शिखरमा पुगेर यही उपत्यकालाई नियालेपछि उनले उपत्यका जितेर आफ्नो बनाउने अठोट गरेको इतिहास छ।

उपत्यकालाई चम्काउँदै सुन्दर हिमाल

बिहान सबेरै चियाको चुस्की लिँदै झ्यालबाट मुस्कुराउँदै गरेको हिमालको दृश्य देख्न पाउँदा परमानन्दको महसुस गर्छु। दिनभरिको भागदौड र अस्तव्यस्तताबाट थकित अवस्थाबीच मुस्कुराइरहेको हिमालको रोचक दृश्य देख्दा साँच्चिकै थकानहरु मेटिएको आभाष हुन्छ।

हिमालयन शेर्पा विजयी

विकास रनिङ सिल्ड प्रतियोगितामा शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले ब्वाइज युनियन क्लबलाई ३–१ ले पराजित गरेको छ। नारायणगढको क्याम्पाचौरमा भएको खेलबाट क्वार्टरफाइनल पुगेको हिमालयन शेर्पाका लागि मियोङ फनोआले दुई र विष्णु गुरुङले एक गोल गरका थिए।

हिमालपारि आन्तरिक पर्यटकलाई स्वागत

पोखराका राम गुरुङसहित सातजनाको टोली केही दिनअघि मनाङस्थित तिचिलो ताल (४,९१९ मिटर) पुग्यो। पोखराबाट लमजुङ हुँदै माथिल्लो मनाङको खाङसारसम्म मोटरसाइकल र त्यसपछि पैदल हिडेर टोली तिलिचो घुमेर पाँच दिनमै पोखरा फर्कियो।

हिमालयको कोलम्बो अफर

हिमालय एअरलाइन्सले काठमाडौं–कोलम्बो प्रतिव्यक्ति ३५ हजार १ सय ५२ रुपैयाँमा घुम्न सकिने अफर सार्वजनिक गरेको छ। आउने जाने खर्च समावेश गरिएको उक्त भाडादरमा कम्तिमा पनि दुई जना सदस्यले सो अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सुन्दर हिमाल, विरूप विचार

महोत्सवको बेलामा पनि जथाभावी खाएर फ्यालेका खानेकुराका प्याकेट, प्लास्टिक र कागजका बट्टा छरिएका हुन्छन्, तिनलाई कुल्चेर सबै जना हिँडिरहँदा पनि कसैले वास्ता गर्दैनन्। महोत्सव हुँदा कसले विचार गर्छ, सफाइको उत्सव पनि गर्नुपर्छ भनेर!

हिमाली पदयात्रा गर्ने पर्यटक बढे

हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् ।

हिमालय काठमाडौं—यङ्गुन सिधा उडानको तयारीमा

हिमालय एयरलाइन्सले काठमाडौं—यङ्गुनबीच सिधा उडानको तयारी थालेको छ। करिब पाँच लाख नेपाली भाषी बसोबास रहँदै आएको म्यानमार (बर्मा) सँग हवाई सम्पर्कको आवश्यकता खड्किरहेको सन्दर्भमा नेपाल—चीन संयुक्त लगानीको एयरलाइन्सले यङ्गुन जाने तयारी थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्