११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘हिमाल, पहाड र तराई’ जोड्ने उद्‍घोष

तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराईमधेस सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले बिहीबार पार्टी एकीकरण गरी राष्ट्रिय जनता पार्टी घोषणा गरेका छन्।

महर्जन मिस्टर हिमालय

अशोक महर्जन छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियन बनेका छन्। अशोक रिभर फिल्ड फिट्नेस चमतीका खेलाडी हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अशोक पुरुष ७५ केजीमा पहिलो उपाधि फाइनल राउन्डमा पुगेका थिए।

हिमाली बाबैको कथाः ३२ वर्षदेखि बाटो बनाउँदै

अनुहारमा बुढेसकाल झल्किएको छ । गाला पूरै चाउरी परिसके । आँखा पनि उतिसारो देख्दैनन् उनी । ७९ वर्षका पासाङ शेर्पा (लामा सेरु) लाई भने बुढ्यौलीले छोए जस्तो रत्तिभर लागेको छैन । त्यसैले त उनी बाटोमा बसेर चन्दा उठाउँछन् । चन्दाबाट बाटो बनाउने काममा निरन्तर छन् ।

हिमालय एयरलाइन्सले ल्यायो तेस्रो विमान, अप्रिलबाट उडान थाल्ने

हिमालय एअरलाइन्सले तेस्रो नयाँ विमान ए–३२० नेपाल अवतरण गराएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार १० बजे उक्त विमान अवतरण गराएको हो। नाइनएन–एएलडब्ल्यु रजिष्ट्रशन नम्बरको उक्त विमान जर्मनीको हैम्बर्गबाट उडान गरिएको हो।

नयाँ शक्तिको हिमाल–पहाड–तराई अभियान सुरु, आज लहानमा सभा

नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ। हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

हिमालय टाइम्स प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

नेपाल पत्रकार महासंघ हिमालय टाइम्स शाखा प्रतिष्ठानमा नयाँ कार्यसमिचि चयन गरिएको छ। महासंघका केन्द्रीय सदस्य सुरज आचार्यको उपस्थितिमा सोमबार सम्पन्न अधिवेशनले दीपक बरालको अध्यक्षतामा नयाँ कार्यसमित निर्विरोध चयन गरेको हो।

‘छोरासहर हुन हिमाल चढें’

‘महिला हुनुमा गर्व छ। अहिले मेरो गाउँबाट कोही सहर पस्न लाग्यो भने हिँड्ने बेला ङिमीजस्तै देश–विदेशमा नाम चलाएर खाएस्, सफल भएस् भनेर आशीर्वाद दिइन्छ,’ उनी भन्छिन्, ‘महिला भएर जन्मेकै कारण छोराको जस्तै काम गरेर देखाउने ‘इगो’ले सफलता हात पारेँ।’

हिमाली जिल्लामा चुनावी सरगर्मी बढ्यो

सदरमुकाममा व्यावसायिक खेती गरेर बसेका नेकपा (माओवादी केन्द्र)का निवर्तमान जिल्ला सचिव सागर किराती एक हप्तादेखि आफ्नै गाउँ बुङमा छन्। स्थानीय निकायको चुनाव घोषणा भएलगत्तै गाउँ गएका किराती अहिले स्थानीय निकाय चुनावको अभियानमा व्यस्त छन्।

हिमालयन शेर्पा सेमिफाइनलमा

झापा ११ लाई शनिबार २–१ ले हराउँदै हिमालय शेर्पा क्लब १९औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक खेल निर्धारित सयम १—१ को बराबरीमा सकिएपछि थप समयतर्फ लम्बिएको थियो। चेतनकुमार थारूले ३७औं मिनेटमा गरेको गोलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो।

हिमालयन शेर्पा सेमिफाइनलमा

घरेलु टोली उदयपुर ११ को चुनौती ४–१ ले समाप्त पार्दै हिमालयन शेर्पा क्लबले शुक्रबार चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। उदयपुर रंगशालामा सुरज हमालले गोल गरेपछि ११औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिएको थियो।

हिमालयले सुरु गर्‍यो क्वालालम्पुर उडान, दुई तर्फी भाडादर २५ हजार

निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरे।

हिमालयन शेर्पालाई हराउँदै आर्मी फाइनलमा, भोलि संकटाविरुद्ध भिड्ने

हिमालयन शेर्पा क्लबलाई २–१ को नतिजामा हराउँदै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार हुने फाइनलमा आर्मीले सिएमजी संकटा क्लबसँग खेल्नेछ।

हिमालय एयरलाइन्सले काठमाडाैं ल्यायाे दोस्रो विमान

नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि दोस्रो नयाँ विमान ए–३२० नेपाल ल्याएको छ। मंगलबार ११ बजे मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गराएको उक्त विमान अवतरण गराइएको कम्पनीले जनाएको छ।

हिमालयन शेर्पाको नाटकीय पुनरागमन

खेलको अन्त्यतिर नाटकिय ढंगले पुनरागमन गर्दै हिमालयन शेर्पा रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार हिमालयन शेर्पाले विभागीय टोलीलाई एपिएफलाई टाइब्रेकरमा ३–२ ले हरायो। शेर्पालाई खेलमा फर्काउन सुनिल बल र निशान लिम्बुले महत्वपुर्ण योगदान गरे। ८७औं मिनेटसम्म एपिएफ २–० ले अगाडी थियो।

बल्ल देखिन थाले हिमाली जटायु

लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्