१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ।

दुर्गम गाउँमा पुस्तकालय

काठमाडौंका युवाहरुले दुई वर्ष लगाएर विभिन्न माध्यमबाट संकलन गरेका पुस्तकमार्फत कर्णालीको दुर्गम जिल्ला कालिकोटमा पुस्तकालय स्थापना गरेका छन्। लियो क्लब अफ काठमाडौं युरेकामा आबद्ध युवाहरुले सात लाख रुपियाँ बराबरका तीन हजार बढी पुस्तकहरु पुस्तकालयमा राखेका छन्। नरहरिनाथ गाउँपालिका–९ श्रीकोटस्थित जनप्रभात माध्यामिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ।

विप्लव नेकपाको कालिकोटमा कस्तो छ प्रभाव ?

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ। पछिल्लो समय देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा कालिकोटलाई लिइएको हो।

एकसय घरधुरी ढुंगाको उच्च जोखिममा

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित रुकुका २ गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको ठूलो ढुंगा भएको डाँडा खस्ने खतरा भएपछि त्यहाँका एकसय घरधुरी पहिलोको उच्च जोखिममा परेका हुन्।

कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर

कालिकोटमा एचआइभी संक्रमितको संख्या स्थिर रहेको जिल्ला अस्पतालले निकालेको तथ्यांकले बताएको छ। तथ्यांकअनुसार जिल्लामा हाल ३८ जना एचआइभी संक्रमित छन्। तीमध्ये पुरुष १५ जना छन्। जसमा एआरटी सेवा नलिने २ महिला र  १२ वर्षीया बालिका छन्।

पूर्व जनमुक्ती सेनाका कमाण्डरको नेतृत्वमा निर्माण कार्यदल

जिल्लाको रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ। तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड साहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो।

मुस्कुराउँदै कालिकोटका हिमशृंखला

बिहानीको उज्यालोसँगै कालिकोट सदरमुकाम मान्म नजिकैको चुलीको काखबाट दर्जनौं सुन्दर हिमशृंखला नियाल्न सकिन्छ। मध्यमाघको चिसो हावाको सिरेटोसँगै हिउँले सेताम्मे बनेका हिमशृंखला मनमोहक लाग्छन्।

विद्यार्थी र व्यवसायीद्वारा कालिकोटका अग्नी पीडितलाई राहत प्रदान

विद्यार्थी र व्यवसायीबाट संकलित राहत रकम कालिकोटका अग्नी पीडितलाई हस्तान्तरण गरिएको छ। राजधानीमा युवा विद्यार्थी र ठमेलका व्यवसायीबाट संकलित २ लाख ४० हजार रुपैयाँ राहत रकम घटनास्थल पुगेर पीडितलाई हस्तान्तरण गरिएको हो।

मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडितलाई राहत

मदन भण्डारी फाउन्डेसन काठमाडौंले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ। पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो। पुसको कठाङ्गग्रीदो चिसोमा खाँडावसीका ८७ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो।

आगलगी पीडितलाई राहत सामाग्री लिएर कालिकोट पुगे उपराष्ट्रपति पुत्र

अखिल(क्रान्तिकारी) उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले कालिकोट पलाता खाडागाउँका आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका छन्।

खाडागाउँका अग्नी पीडितका लागि एकीकृत बस्ती निर्माणको घोषणा

कर्णाली प्रदेश सरकारले कालिकोटको पलाताका अग्नी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्नी पीडित परिवार पुनस्थापना कार्यक्रम अन्तर्गत बस्ती जलेकै ठाउँमा नमूना बस्ती ठड्याउने निर्णय गरेको हो। नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले चार करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

खाँडागाउँकाे आगलागी नियन्त्रणमा, गाउँलेको खुला आकाशमा बास

जिल्लाको पलाँता गाँउपालिकाको खाँडा गाउँमा गएरातीदेखि लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्।

कालिकोटका आगलागी पीडितलाई बसोबासको व्यवस्था मिलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कालिकोटका आगलागी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। कांगेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सोमवार जारी विज्ञप्तिमा पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरिएको छ।

कालिकोट खाँडागाउँकाे आगलागी नियन्त्रण बाहिर, ८७ घर जलेर नष्ट(अपडेट)

जिल्लाको पलाता गाउँपालीकाको १ खाडा गाउँमा आइतबार  मध्य राति भिषण आगलागि भएको छ। आगलागिबाट गाउँनै विस्थापीत भएको खबर प्राप्त भएको छ। मध्यराता आगलागी भए पनि घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

कालिकोटको खाडागाउँमा आगलागी

कालिकोटको पलाता गाउँपालिका १ को खाडागाउँमा आगलागी भएको छ। घटना राति दुई बजे भएको प्रहरीले बताए पनि थप विवरण प्राप्त हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्