१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ठेकेदारको लापरबाहीले जहाज चढ्ने सपना अधुरै

२०४२ सालबाट निर्माण कार्य थालिएको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित भएको छ। २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलकाे संरचना निर्माणमा कसैकाे पनि चासो नजाँदा परीक्षण उडानमै सीमित विमानस्थल सीमित भएकाे छ।

शरीर जोडिएका जुम्ल्याहा बालिका जन्मिए

कालिकोटको राष्कोट नगरपालिका–५ स्यूनाकी ललिता बुढाले शरीर जोडिएका दुई बालिकालाई जन्म दिएकी छन्। सुर्खेत स्थित प्रदेश अस्पतालमा अप्रेशन गरेर शरीर जोडिएका दुई बालिकालाई निकालिएको थियो।

गाउँपालिका अध्यक्षले फिर्ता गरे प्रशाकीय अधिकृत

जिल्लाको शुभकालिका गाउँपालिकामा हाँजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई गाउँपालिका अध्यक्षले फिर्ता पठाएका छन्। कर्मचारी अभाव झेल्दै आएको गाउँपालिकामा पुगेका पाण्डेलाई २४ घण्टाभित्र सिंहदरबार फिर्ता पठाइएको हो।

काँग्रेसद्वारा कालिकोटमा प्रर्दशन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत कालिकोटमा पनि प्रर्दशन गरेको छ।

डा. केसीलाई भेट्न कालिकोटका जनप्रतिनिधी जुम्लामा

जुम्लामा आठ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी भेट्न कालिकोटको जनप्रतिनिधीको टोली जुम्ला पुगेको छ। डा. केसीको स्वास्थ्य अवस्था बुझ्न कालिकोट तिला गुफा नगरपालिकाका जनप्रतिनिधि जुम्ला पुगेका हुन।

कालिकोटमा विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ चिकित्सकको टोलीले कालिकोटमा निशुल्क विशेषज्ञ शिविर सञ्चालन गरेको छ ।  सान्नीत्रिवेणी गाउँपालिका वडा नम्वर १ र २ सेरीज्युला गाउँमा मेडिकल डाइरेक्टर डा.पुजन रोकाया नेतृत्वको चिकित्सक टोलिले विशेषज्ञ शिविर सञ्चालन गरेर विरामीको चेकजाँच गरिएको हो । टोलीमा मेडिकल डाईरेक्टर डा.पुजन रोकाया, डा.देउमन लिम्वु, डा.नम्रता सिन्दान, डा.डिलशाही रोका, नर्सिङ अधिकृत कृष्णापाण्डे, स्टाफनर्स मना भण्डारी र नन्दप्रसाद तिमल्सिना थिए।

कालिकोटको स्थिति सामान्य बन्दै

तीन दिनदेखि तनावग्रस्त बनेको सदरमुकाम मान्मको अवस्था सामान्य बनेको छ । शुक्रबारदेखि झडप र हिंसात्मक गतिविधिमा परिणत भएको आन्दोलन सामान्य बनेको हो । म्यादी प्रहरीलाई प्रहरीले गोली हानेर हत्या गरिएको प्रकरणलाई लिएर तीन दिनसम्म कालिकोटको स्थिति तनावग्रस्त बनेको थियो ।

कालिकोटमा दुई घन्टाका लागि कर्फ्यु फुकुवा, मृतक परिवारले २५ लाख पाउने

शनिबार दिउँसो ३ बजेदेखि लगाएको कफ्यू आइतबार दुई घन्टाका लागि फिर्ता लिएको छ । बहिान ८ बजेदखि १० बजेसम्मका लागि फिर्ता लिएको प्रशासनले जनाएको छ ।

कालिकोटमा अनिश्चितकालीन कर्फ्यू

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा म्यादी प्रहरीको ज्यान गएपछि शनिबार पनि कालिकोट सदरमुकाम मान्मा तनावपूर्ण रह्यो। म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन्।

कालिकोटमा वाम गठबन्धको विवाद सुल्झियो

जिल्लामा बाम गठबन्धनमा भएको टिकट विवाद मनोनयन दर्तापछि सुल्झिएको छ। प्रदेश क्षेत्र नम्वर १ (क) मा माओवादी केन्द्र र एमालेको टिकट जुधेपछि विवाद भएको थियो। दुवै पार्टीले केन्द्रबाट टिकट ल्याएको ४ दिनपछि मनोनयन दर्ताको दिनमा मात्र फेरबदल गरिएको छ ।

दैलेख बस दुर्घटना: शोकले डुव्यो कालिकोट

रास्कोट–६ गोरखाली गाउँका ४० वर्षीय यूवराज शाही घरबाट देउता पुजेर कैलाली जाँदै थिए।

कालिकोटमा 'नागरिकसँग नागरिक' अन्तर्क्रिया

नेपाल रिपब्लिक मिडिया प्रा.लि.ले कालिकोट जिल्लाको विकास निर्माणको क्षेत्रमा के भईरहेको छ भन्नेबारे कालिकोटका नव निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ लगायतका सरोकारवालासँग अन्तरक्रिया गरेको छ। त्यस क्रममा उनिहरुले जिल्लाको विकासका लागि अघि बढाउन राखेका सुझाव उनिहरुकै शब्दमा:

कालिकोटको नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी

नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । उनी २४६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मिनबहादुर बोगटीलाई २३२ मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । बोगट्टीले २२२८ मत प्राप्त गरेका छन् ।

कालिकोटमा विप्लवका कार्यकर्ताले मतपेटिका जलाए

कालिकोटको नरहरिनाथ गाउँपालिका–६ नन्दादेवी मावि सेरापाटामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका खोसेर जलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्